गाउले ठाडो भाकाको पूर्बेली गीत।
ए लै लै रैछाकुलेको छैननी मेैले ड्युम्ला भुलेको।
तयामा खियामा चेली हुन रैछाकुलेको…….
सृष्टिको जननी दुबै हुन रैछाकुलेको……..
ख्वाक्चिलिप भन्ने माइतीहुन रैछाकुलेको….
दुबैको प्यारो एक्लो माइती हुन रैछाकुलेको..
नहुदा खाना माइती फकाको रैछाकुलेको…
ख्लिउमाले लोहोरो उनलाइ पकाको रैछाकुले
कहिले पाक्लाभनी माइतिले पर्खेको रैछाकुले
झुक्काइ माइती नानाहरु दुबै तर्केको रैछाकुले
सुपारी सस्तो भएछ भोकले मरेकै जस्तो
हिकमेलले माइती भएछ बेहोस सुपारी सस्तो..
सिरेटो लाग्दा ब्युझेछ माइती जेहोस सुपारी स
उठेर हेर्दा देखेन उनले केही पनि सुपारी सस्तो
हिडेछन दुबै मरेछ माइती लोै भनीसुपारी स
गुलेलीबाट मारेको चरालाइ सुपारी सस्तो…
अचमै पारयो माइतीले सारालाइ सुपारी सस्तो
पानी है ल्याको बासको ढुङ्ग्रोमा सुपारी सस्तो
पकाको भ्याकुर खेला भुङ्ग्रोमा सुपारी सस्तो.
माया मारेर गएछन दुबैमाइती छाडेर
अल्झेछ माया घङगरू काडामा माया मारेर….
गएछन दुबै तयाजुङ डाडामा मायामारेर….
नदेखी कोही जङगल चहारेको माया मारेर..
बाच्नको लागि न्योब्लीले चरा मारेको माया मा
पापहबले छाडी गएछन, माया मारेर…..
कर्द र चकमक चिनो छाडेछन, माया मारेर….
उ बाची आको चाल पाएनन, माया मारेर..
जाउमा र ख्लिउमा फर्केर आएनन माया मारेर
महादेव हलेसी छेकेछन गोठमा पानी भलेसी
तयाजुङ्गमा स्योब्दी फाडेछन महादेव हलेसी…
शभ्यता पुर्खाको छाडेछन महादेव हलेसी…
आसुको धारा बगाउदै महादेव हलेसी …..
लागेछन उकालो सम्याउदै महादेव हलेसी….
थापेर सागु खोलामा महादेव हलेसी….
कन्दमूल टिप्दै झोलामा महादेव हलेसी…
केकुवा बेसी बेसाका महादेब हलेसी….
लाम्दीरा ज्योङका झेसाका महादेव हलेसी…
संगसंगै बस्न मन मानेन मादेव हलेसी…
खियामाले बाटै तानेन महादेव हलेसी…..
बिजुले खर्क नअोइलेसम्म रिम्चोबुङ पर्ख
रोपेर रिम्चोबुङ डाडामा बिजुले खर्क……
अल्झाइ माया घङगरू काडामा बिजुले खर्क..
छुटेछन दुबै तयाजुङ डाडामा बिजुले खर्क….
चेलीको दर्द मनको काडामा बिजुलेखर्क…..
लागेछन ख्लिउमा मदेसमा बिजुले खर्क…..
रहेछन जाउमा तुवाचुङमा बिजुले खर्क….
बढेछन नानाहरू हलहली बिजुले खर्क….
दुबैलाइ भयो खुलदुली बिजुले खर्क….
अोइलेमा लिम्चिङबुङ पाखामा बिजुले खर्क..
बिरामी हुनेछोै भन्ने भाकामा बिजुले खर्क….
पानी पधेरो जाउमाको भयो सिरै अंधेरो
सपना देख्यो जाउमाले नराम्रो पानी पधेरो…
जाउमाले कस्यो थुन्सेको त्यो काम्रो पानीपधे
जाउमाको बिचार डाडामा जानेको पानी पधेरो
बिरामी बहिनी छ भनी ठानेको पानी पधेरो..
ख्लिउमाले दिदी सम्झेको पानी पधेरो…
मदेस झर्न जाउमा तम्सेको पानी पधेरो….
मन पोल्यो जाउमाको भतभती पानी पधेरो…
हिडेछिन जाउमा फटफटी पानी पधेरो…
मदेस झरेर आयोनी जाउमा ख्लिउमाको उदार गरेर
ख्लिउमाको लिम्चिङबुङ अोइलेको मदेस झरेर
सम्झना गर्दै पहिलेको मदेस झरेर….
मदेसमा बहिनी बिरामी मदेस झरेर..
कहाँ छन खोक्चिलिप हरामी मदेस झरेर….
ल्याएछन ख्लिउमालाइ तयाजुङ डाडामामदेस
थालेछन दुबैले स्योब्दीलाइ फाडन मदेस झरेर.
सिपालु दुबै तान बुन्न मदेस झरेर………
खियाएछन बुध्दि तान बुन्न मदेस झरेर. …
तान बुन्ने राखी, थालेछन पेशा सुम्निमा भाकी
जंगल फाडी बारि बिराएछन तानबन्ने राखी…
बारीमा अन्न फलाएछन तान बुन्ने राखी.. ..
कपासनी बारीमा लगाएछन तान बुन्ने राखी…
कपासको धागो कातेछन तान बुन्ने राखी….
बनाको दुबैले तान चर्खा तान बुन्ने राखी….
कपडा बुन्दै बिताएछन लै लै त्यो बर्खा तान बु
बुनेछन कपडा खाडीको तान बुन्ने राखी….
ख्यालमाया लाग्ने चोलो साडीको तान बुन्ने रा
फलफूल लाउथे बगैचामा तान बुन्ने राखी….
आराम गर्थे फलैचामा तान बुन्ने राखी ….
बनाको घर क्या राम्रो तान बुन्ने राखी….
आदि पुर्खा हुन तिनिहरू हाम्रो तान बुन्ने
राखी…
होसै हराको रहेछनी लैलै भाइ चै बराको
उठेर हेर्दा कोही थिएन होसै हराको…..
आफन्त भन्ने कोही रहेन होसै हराको…
खो्क्चिलिक घुम्यो चारैतिर होसै हराको ….
चेलीलाइ खोज्यो सबैतिर होसै हराको..
भेटेनन् नानाहरु कहि पनि होसै हराको….
आस गर्दै बस्यो तैपनि होसै हराको…
गएछन नानाहरु डाडामा होसै हराको..
पाकेन लोहोरो भाडामा होसै हराको..
भरपर्नु पर्ने मामाको होसै हराको…..
भाइ पर्ने रहेछ आमाको होसै हराको. . .
साथ दियो सधै कुकले होसै हराको. …
बिताए जीवन दुखले होसै हराको…..
राखोलै खोला पुर्खालाइ सधै सम्झनु होला
पातिसङ बाबा दिलिदुङ आमालाइ राखोलै खो
बिर्सनु हुन्न हामीले मामालाइ राखोलै खोला..
कुकले सल्लाह दिएको राखोलै खोला….
तयारी गर्न बिहेको राखोलै खोला…..
नाङगेलको छोरी सिक्रिमा राखोलै खोला…
चल्छनी उनी पित्रिमाराखोलै खोला….
माछाको जालमा ढुङ्गापो परेको राखोलै खोला
अचम्म जालमा त्यही ढुङ्गा परेको राखोलै खो
खक्चिलिपले कल्पना गरेको राखोलै खोला.
सिक्रिमासंग घरजम गरेको राखोलै खोला…
भाले रेट्नलाइ आतुर भए छिटो भेट्नलाइ
जाउ ख्लिउ खोज्न कुकलाइ पठाको भाले रे
चिनो चाहिँ कर्द दिई पठाको भाले रेट्नलाइ..
हिडेछन कुक भालेको डाकैमा भाले रेट्नलाइ
भान्जी दुई खोज्न लैबरि भाकैमा भाले रेटनला
जाउ ख्लिउ दुबैले तान बुनेको भाले रेटनलाइ..
मायाको भाका मनैमा गुनेको भाले रेट्नलाइ.
कसरी चिनोै तिम्रा नानाहरुलाइ भाले रेटनलाइ.
भनेर सोधे कुकले खक्चिलिपलाइ भाले रेटन.
सीप भका नाना सीप गर्दै होला भाले रेटनलाइ
भनेर कर्द कुकलाइ बोकाइ झोला भाले रेटनला
खोला तर्नलाइ तयार भए तल झर्नलाइ
कुकले भेटे दुबैलाइ खोला तर्नलाइ……
पारेछन ढुक्क बाबाको कर्द देखाइ खोला तर्न
खक्चिलिप भेट्न कुकले सम्झाए खोला तर्नला
चेली र माइती कुकले भेटाइदिए खोला तर्नला
रुन है थाले खुसीले भेटेर खोला तर्नलाइ…..
कुराकानी गरे बसेर खोला तर्नलाइ……
कोसी तरेर माइतीलाइ भेटे वायाँ झरेर
कुकले खोक्चिलिप बिहे गर्न फकाए कोसी तरे
सिक्रिमा लिन धुमधाम सबै गए कोसी तरेर….
बिहे सकेपछि चेलीहरु जाने भए को सी तरेर..
उधोैली उभोैलीमा भेट्ने बाचा गरि गए कोसी
साटासाट गरे चिनोलाइ कोसी तरेर….
बिर्सेर दुख झिनोलाइ कोसी तरेर……
ढोगभेट गरि छुटिए कोसी तरेर……
तुवाचुङतिर चेलीहरु पठाए कोसी तरेर…..
भाले रेटोैला तोसीमा अब फेरि भेटोैला
चेलीहरू गए तुवाचुङतिर भाले रेटोैला….
हेरी पठाए भाइबुहारीले उभेर भाले रेटोैला…..
पुर्खालाइ सम्झी तोसीमा भाले रेटोैला….
भेटघाटै गरे उधोैली उभोैलीमा भाले रेटोैला….
माइतिको मन मैलियो भाले रेटोैला ….
चेलीहरुको सीप फैलियो भाले रेटोैला…..
चेली र माइती मिलेका भाले रेटोैला…
दुनिया संसार पालेका भाले रेटोैला….
जनी कुमार राई
थुलुङ दूधकोसी गा. पा. -४ जुबू सोलुखुम्बु
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर
२०७५/०५/३० शनिबार
यो गीत पूर्बी नेपालको किरात राई समूदाय बीच लोकप्रिय ठाडो भाकाको गीत हो यो गीत किरात राई मिथकमा आधारित चेली माइतीको कथा हो ।जो कोहीले सजिलै गाउन सकिन्छ। किरात राई अर्गनाइजेसन अफ अमेरिकाको सास्कृतिक बिभागको विशेष अनुरोधमा रचना गरिएको हो।साकेला उधोैलीमा प्रस्तुत गरिने जानकारी गराइएको छ।