कोरोनाको कहर अकालमै भोकै मर्ने डर

 

कोरोनाले ल्याएको छ बिश्वमा
महामारी मानव ईतिहास ध्वस्त पार्ने गरि
अस्तब्यस्त भएको छ बिश्वमा
गर्लाम्ब ढलेको छ यथार्थ उठ्नै नसक्ने गरि
भूकम्पमा जस्ता पचाउने देखि
पिपिइ पचाउन खोज्ने सम्म एउटै नश्लका हुन
जनताको दुख पीडा बुझ्ने भन्दा पनि
स्वार्थ पूरा गर्न सेटिङ गर्ने देखि
कमिसन कुम्लाउनमै छ सबको धुन
सबै ब्यस्त छन चुस्न श्रम पसिना र खुन
कोरोना त नाम मात्रै हो यहाँ
लाज सदम छैन पचाइ दिए ३३ किलो सून
खोइ को छर यहाँ
जनताको आँसु पुछिदिने
खडेरी लागेको छ यहाँ
जनताको पीर मर्का बुझिदिने
छैनन कोहि पनि यहाँ
जीवनको मूल्य बुझिदिने
भेटिन्छन सबैतिर दुखमा पनि
मुटुमा सुइरो रोपिदिने
रातारात धनी हुन्छन मान्छे
गगनचुम्बी महल ठडिन्छ नेपालमा
चप्पल लाउन नपाउने मान्छेको
बैंक ब्यालेन्स हुन्छ बिदेसमा
अरुको सासमा बाचेको मान्छे
शहर बनाउने कुरा गर्छ आकासमा
श्रम सीप र पोैरख भएका मान्छे
आउछन बिदेसबाट हजारोै काठको बाकसमा

  • जताततै ब्याप्त छ कोरोनाको कहर
    कोरोना भन्दा अकालमै भोकले मर्ने डर
    नेपालीको भइसक्यो त्यो छाती बगर
    खोइ कस्तो रहेछ दुखियाको खप्पर

ब्याप्त छ चोैतर्फी नेपालमा भ्रष्टचार
बिपत्तिमा पनि मोैलिने ब्यभिचार
शीर ठाडो पार्ने कालोबजारि बाराम्बार
ठीक पार्नु पर्छ अब घाँटी काट्ने तरवार

तामाङको छोरो बर्खास्ती हुन्छ जिब्रो चिप्लिदा
अरुको छोरा मोज गरि हिड्छ देसै निलिदिदा
सुन्दर देस बनाउनलाई सोच्नु पर्छ सबैले हेर
यस्ते सधै रहिरहे देस जनता सबै जान्छन खेर

मिति:- २०७६ साल चैत्र २३ गते आइतबार
स्थान :- होम क्वारेन्टाइन
लकडाउन १३ अोै दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *