देउ मलाई सान्त्वना उडिदिन्छु म आकाशमा
ताराहरु बटुलेर ल्याउछु सबै रमाइ साथमा
मेरा कानहरु छन् लालायित प्रशंसा मेरो सुन्न
हुने छैन कठिन मलाई ताराहरु आकाशमा गन्न
विष होइन अर्मतको थैली चाहिन्छ मलाई
मरेका आशाहरु टुसाउनेछन् हाँगाबाट पलाई
साथ देउ विश्वासको तयार छु आगोमा पस्नलाई
दुःख सबै जालाएर शान्तिको बिगुल फुक्नलाई
आदर सत्कार नगेमा केही अर्थ रहन्न
संसार जित्नु छ भने पार मलाई सँधै प्रशन्न ।।
जनि कुमार राई
२०५५।०३।१०