बोलायो कसले मनको मेरो अन्तर कुनामा
चल्दैछ बास्ना सुगन्धित भइ खुसीको मुनमा
फक्रियो मुना खुसीको मेरो सयपत्री भएर
बर्सिन थाले उल्लासको पुक्ष्प मुसुक्क हाँसेर
हरर बास्ना गल्छनी फूलको दिलमा बसेर
जाँदैन कतै उमङे्ग मेरो त्यके बास्ना छाडेर
चम्पा र बेली त्यो लाली गुँरास हर्षको बागनमा
काउती लाग्छ शर्माउछु म त खुसीको आँगनमा
मकैको जस्तो जुङ्गा छ मेरो बेली चै हँसिली
फक्रक्क फक्री मुसुक्क हाँस्ने सारै नै रसिली
टिपँु झै लाग्छ चमेली फूल कानमा सिउरन
म तयार देख्टु भमराहरु मलाई नै तर्साउन
जनि कुमार राई
२०५५।०३।१०