प्रिय किन टाढा हुदैछोै मबाट

प्रिय किन टाढा हुदैछोै मबाट

हिजो तिमी मलाइ प्राण ठान्थ्योै बाच्नलाइ
आज तिमि प्रतिष्पर्दा गर्दैछोै मबाट भाग्नलाइ
हिजो मेरो सबै गतिबिधि राम्रोलाथ्यो तिमिलाइ
भेटघाट लोलीबोली बीस मान्छोैआज हामीलाइ

खोइ कसको आँखा लाग्यो तिमिलाइ आज
बोक्सी डायना अनि भूतप्रेतले गर्दैछ राज
एउटै मुटु एउटै धडकन थियो तिम्रो र मेरो
ब्यबहारले देखाउदैछ मायाप्रेम सबै गए खेरो

टाढिदैछोै आज मबाट बिरानो भइ किन प्रिया
तिम्रो दिमागमा बिस्तारै लाग्दैछ किन खिया
पर्खेर बस्थ्योै म ढिलो हुदा ढोकैछेउ साझमा
कुन राहु केतु छेक्न आयो हाम्रो प्रेमको माझमा

कसरी छुटाउ त्यो गहिरो माया अनि पिरति
मलमपट्टी लाइदेलाउ भन्दा खिलायोै सुरति
बचाएको तिमिलाइ मैले आशुको धारा पिएर
भाग्न खोज्छोै आज तिमी छातीमा लात दिएर

सास मेरो गनाउछ आज किन तिमिलाइ
पाद पनि मीठो लाग्छ उनको तिमिलाइ
जेगरेनि जहाँ गएनिभलोहोस सधैभरि तिम्रो
शुभकामना छ प्रगतिको तिमिलाइ प्रिय हाम्रो

यो अभिब्यक्ति कसैसंग मिल्न गएमा संयोग मात्र हुनेछ।

  • जनिकुमार थुलुङ राई
    थुलुङ दूधकोसी गा. पा.-४, जुबू सोलुखुम्बू
    हाल:- चा. न. पा.-२ झोैखेल भक्तपुर
    मिति:-२०७६/०७/१७ गते आइतबार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *