समाजको महत्व

  1. समाजको महत्व
    मानिस कोहि अजम्बरी हुदैन ।जन्मेपछि मर्छ यो शाश्वत सत्य हो।शारीरिक, मानसिक, आर्थिक र संबेगात्मक रुपले मानिस सधै एकै अवस्थामा रहदैन।जबसम्म मानिस शारीरिक रुपले तन्दुरुस्त रहन्छ तबसम्म उसलाइ कुनै कुराको आवश्यकता पर्दैन।तर मानिसको अवस्था सधै एकै नासको रहदैन।आपत बिपद ,दुखबिमार र मरोै परोै नभएको घर सायदै कुनै नहोला ।हामी मानिस स्वभाबैले स्वार्थी हुन्छोै।आफू पर्दा मात्रै समस्या देख्ने अरू पर्दा समस्या नदेख्ने स्वभाब मानिसमा हुन्छ।आफू नपर्दासम्म समाजको महत्व थाह हुदैन र समाजलाइ बेवास्ता पनि गर्छोै र आफूलाइ पर्दा समाजबाट केही अपेक्षा राख्छोै तर समाजप्रति केही लगानी नभएकोले गर्दा समाजे चिनेको हुदैन र समाजबाट अपेक्षित कुरा पाउदैनोै र समाजलाइ गाली गर्न थाल्छोै।अरूलाइ पर्दा सामाजिक दायित्व नबुझ्ने आफू पर्दा समाजलाइ स्वार्थी देख्ने हामीभित्रै पाउछोै।हामीले समाजबाट केही पाउने आशा राखेका छोै भने समाजलाइ केही दिन पनि सिक्नुपर्छ।समाजको न्युनतम मूल्य र मान्यतालाइ पालना गर्नुपर्दछ।समाजको विधि बिधान र प्रचलनलाइ शिरोधार्य गर्न सक्नुपर्दछ।समाजको निकट रहेर हरेक क्रियाकलापमा संलग्न भइयो भने मात्र समाजले मूल्याङ्कन गरिरहेको हुन्छ।हरेक समुदायको आ- आफ्नै संस्कार संस्कृति चलन रीतिरिवाज हुन्छ।आफ्नै मूल्य र मान्यता हुन्छ जुन अन्य समुदायको समाजबाट सम्भब हुदैन।यसर्थ आफ्नै समुदायसंग नजिकको सम्बन्ध राख्न जरूरी छ। यसैलाइ मध्यनजर राखी सोलुखुम्बू जिल्ला अन्तर्गत थुलुङ दूधकोसी गाउपालिकाको वडा नं४ र५ का मानिसहरूकाठमाण्डोै आइ वसोबास गरिरहेका सम्पूर्ण किरात राइहरुलाइ समेटेर मर्दा पर्दा र आपतबिपदमा साथ सहयोग दिने उदेश्यले २०७४ साल श्रावण महिनामा जुबू किरात राई उत्थान समाज स्थापना गरिएको कुरा विभिन्न कार्यक्रम मार्फत अबगत गराइरहेकै हो।संस्थाले मर्दा मलामी जुटाउने देखि आर्थिक सहयोग संकलन गर्ने कार्य पनि गर्दै आएको छ।आपतबिपदमा परेकाहरुलाइ सहयोग गर्दै आएको छ।हरेक साल तिहारमा देउसी खेली आर्थिक संकलन गरिरहेको छ।संस्था स्थापना भए पश्चात् ८ मरोै कार्यक्रममा संस्थाले बलियो उपस्थिति जनाउनुका साथै सकारात्मक सहयोग जुटाइदिएकोछ।संस्थाले समग्र जुबूका किरातसमूदाय लगायत अन्य शुभचिन्तकहरुलाइ एकजुटबनाइ संस्थाभित्र समाबेश गर्ने कोसिस गर्दा पनि आबध्द नभइसकेको अवस्था छ। संस्थाभित्र आबध्द नभएकाहरुलाइ आपतबिपद परेको खण्डमा संस्थाले नचिन्ने अवस्था आउन सक्छ।यसर्थ संस्थाले तय गरेको सम्पूर्ण बिधिलाइ पूरा गरि संस्थाको सदस्यता लिइ संस्थामा आबध्द हुन अनुरोध गरिएको छ।संस्थाप्रति आबध्द भएर समाजसेवामा लाग्न पनि जुबू किरात राई उत्थान समाज आमन्त्रण गर्दछ।चाबहिल स्थित सगरमाथा गेष्टहाउसमा संस्थाका अध्यक्ष गोबरधन राइलाइ सम्पर्क गरि संस्थामा आबध्द हुन जुबू किरात राई उत्थान समाजले अनुरोध गरेको छ।

जनिकुमार थुलुङ राइ
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल:- चा. न. पा.-२ झोैखेल, भक्तपुर
मिति:-२०७६/०७/१५ गते शुक्रबार
प्रस्तुत लेख मन परेमा कमेन्ट तथा शेयर  गरिदिनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *