लघुकथा-३
खोटाङको बिर्खमान काका जितमानको घरमै हुर्केको बढेको पढेको केटा हो।एस एलसी परीक्षाको नतिजा पश्चात काठमाण्डोैमा रहेको काकाकोमा कलेज पढ्न भनी आउँछ।काकाकेै रेखदेखमा कलेज पढ्छ।कलेज पढ्ने क्रममा एक स्थानीय युबतीसित प्रेम बस्छ।केटाकेटी भागेर पोखरा जान्छन। काकालाइ केही थाह हुदैन।जितमानलाइ डिएसपी कार्यालयमा लगिन्छ सोधपुछ गरि केटाकेटी उपस्थित गराउने सर्तमा छोडिन्छ। एक हप्तापछि केटाकेटी फर्किन्छन।जितमानले केटाकेटीलाइ डिएसपी कार्यालयमा उपस्थित गराउछ। केटाकेटीको उमेर पुगेको हुनाले मिलापत्र गरि कागज गरिन्छ सहिछाप गराइ काकाको जिम्मा लगाइन्छ।काकाको परिवारसंग मुस्किलले २ महिना बस्छन केटाकेटी।तेस्रो महिनामा बिना कारण काकाको घर छोडि कोठा खोजेर छुट्टै बस्न थाले। जितमानले बिर्खेलाइ आफूले नजन्माएको भएपनि आफ्नै सन्तान ठानेको थियो।लालन पालन रेखदेख गर्दै शिक्षादिक्षा दिएको थियो।तर बिर्खेले ती गुण सबै बिर्सि स्वास्नीको कुरा मात्र सुनिरहयो। उ माथि काकाले लगाएको गुण बिरस्यो। श्रीमतिको गुन्यु नै बिर्खेलाइ प्यारो भयो। दसै तिहार चाडबाडमा समेत बिर्खेले काकालाइ बेवास्था गर्न थाल्यो। आफ्नो रीतिरिवाज बिर्खेलाइ बीस लाग्न थाल्यो श्रीमतिकरण हुन थाल्यो। काका त काकै भइहाल्यो जन्म दिने बाउआमालाइ समेत बेवास्था गर्न थाल्यो। दुखबिमार हुदासम्म बाबुआमालाइ हेरेन।बाटोघाटोमा भेट्दा पनि नबोलि मन्टो फर्काएर हिडछन।संसार बिचित्रको छ।संसार कति स्वार्थी हुदोरहेछ भन्ने कुरा बिर्खमानको ब्यबहारले प्रमाणित गर्दछ।
जनिकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल:- चा. न. पा-२ झोैखेल, भक्तपुर।
मिति:- २०७६/०७/०९ गते शनिबार।