Menu

अमुख प्रतिभाको अवसान
चिर्रबिर्र चराचुरुङगीहरु चिर्रबिराइरहेका हुन्छन्। कागहरु का का गर्दै कराइरहेका हुन्छन्। कुखुराका भालेहरू कुखुरि का भन्दै बासिरहेका हुन्छन्। हावा मन्द गतिमा बहिरहेको हुन्छ।आकासमा ताराहरु खस्न थालेका छन।छ्याङगै उज्यालो हुन्छ ।चारैतिर हुस्सु लागिरहेको हुन्छ।हुस्सुले वरिपरि केही देखिदैन।माघको जाडोले कोही बाहिर ननिस्कि आफ्नो घरभित्रै तातो सिरकभित्र गुटमुटिएर बसिरहेका हुन्छन्। कोही हिटर छेउमा बसेर आफ्नो हात खुट्टा सेकिरहेका हुन्छन्।कुकुरहरु पनि जाडोले गर्दा भुक्न छोडी कुइ कुइ गर्दै आफ्नो थुतुनो पुच्छरभित्र लुकाइ तातो महसुस गरिरहेकाछन्। भंगेराहरु पनि जाडोले थर्रर काम्दै दिनमा लाग्ने घामको न्यानो तापलाइ प्रतीक्षा गरिरहेका हुन्छन्। प्रत्येक घरमा रेडियोको धून बजिरहेको हुन्छ।केटाकेटीहरु सि सि गर्दै हिटरछेउमा बसिरहेकाछन्।चकचक गर्न छाडेर चूपचाप बसिरहेका हुन्छन्।
यस्तै बेला कतैबाट एउटा ह्रिदयबिदारक रोदन सुनिन्छ।त्यो रुवाइ कुनै बालिकाको जस्तो सुनिन्छ। त्यो रुवाइ बढ्दै जान्छ।त्यो रुवाइ मानिसहरुको ध्यान खिच्न हो या बेदना सहन नसकेर हो झन बढ्दै जान्छ। सबैजना झ्यालबाट टाउको बाहिर निकालेर हेर्न थाल्छन्। कसैले आफ्नेेै छोरी होकि भनेर यताउति हेर्न थाल्दछन्।आफ्नो छोराछोरी घरैमा मजाले बसिरहेका पाउँछन्।सबै ढुक्क हुन्छन्।त्यो रुवाइलाइ कसैले वास्ता गर्दैनन्।त्यो रुवाइले कसैको सान्त्वना र मायाको कुनै ठाउ पाउदैन।कसैको मन पगाल्नसक्दैन त्यो रूवाइले।त्यो रुवाइको खोजी हुदैन।बरू सबै जना आफ्नो छोराछोरी आफैसंग भएकाले ढुक्कले बस्नमानै आनन्द मानिरहेकाछन्।त्यो माघको कठाङग्रिने जाडोमा आफ्नो खुट्टा घर बाहिर निकाल्न कसैले पनि चाहेका हुदैनन्।
रुवाइको बेग बढ्दै जान्छ। रुवाइ अत्यधिकबढेपछि केही आइमाइहरु बाहिर निस्कि यताउता हेर्दै जताबाट रुवाइ आएको हो पहिलाउदै जान्छन्। २/४ हुँदै थुप्रै आइमाइहरुको हुल बढ्दै जा न्छ।रुवाइ पहिल्याउदै जादा उनीहरू एउटा पाटीमा पुग्छन्।पाटीमा भएङकर दृ ष्य देखिन्छ जसले कुनै कुनै आइमाइहरु झण्डै मुर्छा पर्छन्।त्यो दृ ष्यले सबै शब्द र वाक्य बिहिन हुन्छन्। पाटी वरिपरि पुराना थोत्रा बोरा टिनका बट्टाहरु चामलका दानाहरु कागजका टुक्रा ब्रस र रङगका बोतलहरु यत्रतत्र छरपष्ट छरिएका हुन्छन्।ती छरपष्ट समा नहरु बीच एउटीअपाङग लाटी केटी पूर्ण नग्न अवस्थामा थर्रर काम्दै पल्टिरहकी हुन्छिन्।रुदारुदा प्राय निस्प्राण भइसकेकी लाटी केटीको आँखा सुख्खा हुन्छ। केस जिङरिङ्ग उठेका, शरीर भरि कोपरिएको र केस लुछिएको हुन्छ।
बिचरी! ती अमूक र अपाङ्गको घर थर कहाँ के हो कसैलाइ थाह हुदैन।यति मात्र थाह हुन्छकि ती केटी त्यही टोल वरिपरि मागी पेट पाल्ने गर्थिन।अपाङ्ग केटीसंग चित्र कोर्न सक्ने प्रतिभा भने हुन्छ। उनीले थरिथरुका चित्र कोरी बेच्ने गरेकी हुन्थिन।त्यसैबाट अाएको पैसाले एक मुठी सास अल्झाइरहेकी हुन्थिन। धेरै पटक उनको प्रतिभाबाट सिर्जित चित्रहरु रैथाने गुण्डाहरुबाट खोसिइन्छ। कति दिन त भोकभोकै बसेकी हुन्छिन्।उनीलाइ दयामाया देखाउने भावना कसैमा हुदैन। उनको प्रतिभालाइ फुल्न र फल्न कसैले सहयोग गरेका हुदैनन्।यस्तो असहाय प्रतिभावान अपाङ्ग केटीको प्रतिभा लाइ संरक्षण गर्न कसैले वास्ता गरेका हुदैनन्।यस्तो अपाङ्ग र लाटी केटीमाथि त्यही रात टोलका राक्षसरुपी अावाराकेटाहरुले मानवीय गुण बिर्सि दानवीय व्यवहार देखाउछन्।गिध्दले सिनोमाथि झम्टे झै झम्टिन्छन्।आफ्नो दानबीय त्रिष्णा मेट्छन अनि भाग्छन्। बिचरी कति चिच्याइ होली तर अन्धकार रात र लाटोकोसेरो बाहेक अरू कसैलाइ थाह हुदैन। बिचरा मुर्छा पर्छिन्।निस्प्राण तुल्य हुन्छिन्। बिहानीको सिरेटोले झकझकाएर अपाङ्ग केटीलाइ उठाउछ।ती अपाङ्ग केटी गुहार माग्न अबोध अवा जमा चिच्याउछे तर त्यो अबोध चिच्याइ त्यसै सून्यतामा बिलाउछ। बिचरी झिसमिसेको ठिहिले कठाङग्रिन्छ अनि निस्प्राण तुल्य हुन्छ अन्तमा पूर्णत: निस्प्राण हुन्छ
।एउटा निसहाय अपाङ्ग अमूक प्रतिभाको अबसान हुन्छ।
मान्छेहरुको भीड बढ्दै जान्छ। चारैतिर चर्चा परिचर्चा हुन थाल्छ।भीडमध्यकी एक अधबैसे आइमाइले आफ्नो घुम्टोले मृत शरीरलाइ ढाकी दिन्छे। त्यो हल्ला एक कान दुई कान हुँदै सबैतिर फैलिन्छ।मान्छेहरुको भीड खहरे खोला जस्तै बढ्दै जान्छ। आकासमा गिध्दहरू घुम्न थाल्छन् । मानिसहरु अपाङ्ग केटीको चित्रकारिताको प्रशंसा गर्न थाल्दछन्।चन्दा उठाइ स्मारक बनाइदिने अक्षयकोष खडा गरि प्रत्येक बर्ष उत्क्रिष्ट कलाकारलाइ पुरस्कार दिने योजना बन्छ। चन्दा संकलन कार्य शुरु हुन्छ।त्यसैबेला पुलिसको भ्यान आइपुग्छ।लासको प्रकृतिको मुचुल्का उठाइन्छ। लासलाइ जलाइ दिने आदेस दिइन्छ। लासलाइ ट्र्याक्टरमा हालिन्छ र नजिकको खोलामा लगेर जलाइन्छ।लास दनदन जल्न थाल्छ। आकासको रङ्ग लासबाट निस्केको धुवाले बदलिन्छ।धुवा विशाल आकासमा बिलाउछ। लास खरानीमा परिणत हुन्छ। मानिसहरु आ- आफ्ना घरतिर लाग्छन। प्रहरीहरु अपराधीहरुलाइ सजाय दिने प्रण गर्दछन्।अपराधीहरुले सजाय पाउँछन् वा पाउदैनन् भन्दै अपाङ्गबाट सिर्जित चित्रहरु प्रत्येकको घरको भित्तामा झुण्डिरहेका छन्।
२०७४/९/२ आइतबार
जनी राइ.कम
सम्पर्क
जनी कुमार राइ
साेलुखुम्बु ,जुबु , थुलुङ दुधकोसी गा. पा.-४हाल झाैखेल चा. न. पा.-२,भक्तपुर
janikumarrai@gmail.com
www.janirai.com© All Right Reserved | Powered by : Kangaroo Incorporation
