बनकी चरी

रानीबनकी चरी

रानीबनकी चरी होैकि फुर्रर तिमी उड्ने
गुडन्तरी होैकी तिमी घुर्रर भुइमा गुड्ने
पखेटा र चक्का तिम्रो एकै चोटि छुट्ने
मख्ख पार्दै दुनियाको चोरी मन लुट्ने।

बन्दी पारी दुनियालाइ आफू खुसी हुने
टुनामुना लगाइ तिमीले सबजनालाइ दुहुने
एउटा हैन दुइवटा हैन जादु मन्तर कति
जादु मन्तर नलागेमा बजाइदिन्छोै लात्ती ।

हेर्छोै तिमी सधै मलाइ आँखा तानी तानी
फसाउन पाए अरुलाइ नाच्छोै मजा मानी
तिमी रहेछोै बेइमानी षड्यन्त्रकै खानी
यस्तै गरे एकदिन हुन्छोै लाजले पानी पानी।

२०७५/०४/२८ गते सोमबार

जनी कुमार राई( जोन किरात)
थुलुङ दुधकोसी गा. पा.- ४, सोलुखुम्बू
हाल झोैखेल चा. न. पा.-२, भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *