गाह्रो छ बाउ हुनलाइ

गाह्रो छ बाउ हुनलाइ

छोरीको भन्दा छोराको बाउ हुनलाइ गाह्रो छ
छोरीलाइ भन्दा छोरालाइ हुर्काउन झन सारो छ
सानोमा मर्छकि भन्ने ठूलो हुदा मार्छकि भन्नेडर
सानोमा सधै वरवर ठूलो भएपछि भाग्छ परपर

छोराको बाउ बन्न कति पीडा भनी साध्य छैन
हराइ बिलाइ जान्छ सुख शान्ति अमन चयन
षोडसीकोअपहरणबलात्कारमापर्लाकीभन्ने डर
बिर्सनेपोहोकि लोलीबोली नाम कुल अनि थर

कुलपित्रको अपमानपो गर्लाकि केही छैन भर
आकास धर्तिको बेवास्तागरिपुराउनेहुनकि रहर
बर्णशंकरसन्तानले रितिरिवाज बिर्सनेपो हुनकि
लहरदहरमा बस्दा लाज लाग्ने पार्ने पो हुनकि

नाताभेषभुषापरिवार मुन्धुमसबै स्वाहा हुन्छकि
पश्चातापको भुमरीमाकोङदो भइ पछि रुन्छकि
प्राणै जालाजस्तो हुन्छ छोरा घरमा नदेख्दा
उखरमाउलो हुन्छ छोरालाइ …. लाई नभेट्दा

कसले सक्छ बिधिको नियम सामाजिक बन्धन
चुडाल्न खोजे बल्छ बिद्रोही आगो दनदन
एउटा पाटो राम्रो भए धेरै पाटो नराम्रो हुन्छ
सन्तुलन नमिलेकुलड्युम्ला मुन्धुम पनि रुन्छ

बाउआामाको मन सधै हुन्छ छोराछोरी माथि
छोराकोभने मन हुन्छ सधै अरु नै कोहिमाथि
गाह्रो रहेछ धेरै सारो छोराको बाउ हुनलाइ
नसक्ने रहेछ एक्लो बाउले सबैको मन छुनलाइ

जनिकुमार राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू
हाल झोैखेल चा.न. पा.-२ , भक्तपुर
२०७५/०५/१० आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *