दोषी नछुटिउन निर्दोष नफसिउन
सालिकराम पुडासैनीले भिडियो रेकर्ड गरि आत्महत्या गर्नका कारण रबि लामिछाने युबराज घिमिरे र अस्मिता कार्की हो भन्ने आधारमा आरोपितहरुलाइ पक्राउ गरि थुनामा राखी १० दिनसम्म अनुसन्धान पश्चात रबिलाइ ५ लाख, युबराजलाइ ३ लाख धरोैटी र अस्मितालाइ साधारण तारेखमा छोडिएको छ। त्यस्तो गर्मीमा पनि रबि निर्दोष छन भनेर उनका फ्यानहरु विभिन्न ठाउबाट खबरदारी गर्न चितवन पुगे।यसले मानिसहरु रबि प्रति कति आशक्त रहेछन पुष्टि गर्छ।अर्कोतिर सालिकरामको ज्यान गइसकेको छ तर कसैको ध्यान त्यतातिर गएको देखिदैन।कसैले सालिकरामप्रति न्यायको आवाज उठाइएको पाइएन ।आवाज उठ्यो त केवल रबिको लागि मात्र।के टाठबाठा संभ्रान्त र पहुचवालाहरुलाइ मात्र न्याय र आवाज सानातिना अन्यायमा परेकाको लागि चै मोैन बस्नु पर्ने।सालिकराम र उनको परिवार प्रति सहानुभूति सम्म छैन।सम्मानित न्यायलयले पनि कसैको प्रभाबमा नपरी दोषी र निर्दोषी छुटाउनु पर्छ। र रबिका फ्यानहरुले पनि न्यायलयलाइ निश्पक्ष छानबिन तथा अध्ययन अनुसन्धान गर्न सहयोग पुराउनु पर्छ।एकोहोरो अन्धभक्त भएर मात्र हुन्न। कुनैबेला हाम्रो बुझाइ गलत पनि हुन सक्छ।यदि ब्यक्ति नै सर्बेसर्बा हो ।राष्ट्र कानून भन्दा ब्यक्ति माथि भन्ने हो भने २४० बर्षे एकतन्त्रीय राजतन्त्रको बिरुध्दमा किन लाग्नु पर्थ्यो।
यहाँ रबिका पक्ष र बिपक्षमा उस्ताउस्तै कुरा चलिरहेको अवस्थामा दुबैको कुरा सुन्न जरुरी छ। दुई तिहाइ बहुमत प्राप्त नेकपाको सरकारले चुनाबताका बाडेको आश्वासन र जनताको अपेक्षा अनुरुप उल्लेखनीय काम गर्न नसक्नु भ्रष्टचार घुसखोर अनियमितता बिबिध खाले विभेद आदि रोक्न नसक्नु, नेताहरुको बिलासिता बढ्दै जानू; बिदेस भ्रमण केन्द्रित हुनु ; जनताको काम प्रति चासो नदिइनु; बिबादास्पद र बिभेदकारी बिध्येयकहरू ल्याइनु करको सीमा एक्कासी बढाइनु इत्यादि कारणले जनताहरु रुष्ट थिए।के पाउ कनिका बोकाउ भनेजस्तै नेपाली जनताहरुले आफ्नो असन्तुष्टी ब्यक्त गर्ने उचित अवसर खोजिरहेका थिए ।ठिक्क सालिकरामको आत्महत्या र हत्या दुरात्सन आरोपित रबि लामिछानेको मुध्दालाइ रबिको समर्थनमा आक्रोश पोख्ने राम्रै चोतारी पाए।त्यस्तै नेकपा सरकार गणतन्त्र धर्मनिरपेक्ष र संघीयता बिरोधीहरुले पनि राम्रै मन्च प्राप्त गरे।साथै प्रतिबन्धित नेकपा बिप्लबले पनि धमिलो पानीमा माछा मार्ने प्रयासको राम्रै अवसर पाएको थियो। यसले गर्दा चितवन लगायत विभिन्न ठाउमा जम्मा भएको भीड रबिको समर्थक भन्ने भ्रम परिरहेको छ। बास्तवमा भीडले न्याय दिलाउने भन्दा न्याय हराउने कुरा त निर्मला पन्तको बलात्कार मुद्धा प्रकरणले साबित गरिसकेको छ।सिनेमा हलभित्र पनि भीड हुन्छ तर प्रदर्शनपछि कोही पनि हुदैनन त्यहा ।
हो रबि लामिछाने दुख पाएकाहरुका लागि सहारा हो। आवाजबिहिनहरुका लागि आवाज हो ।त्यसैले त उनिमाथि जनताको अपार समर्थन जुट्यो।तर त्यसो भन्दैमा रबिले गल्ती नै गर्दैन, उ भगवान हो , उ निश्कलंकित छ भन्नू पनि त हुन्न होलानी।रबिका समर्थकहरु के भन्छन भने रबि त्यस्तो ब्यक्ति हो जसले सरकारले गर्न नदकेको काम गरेको छ।बैदेसिक रोजगारमा म्यानपावरबाट ठगिएर बिदेसमा दुख पाएकाहरुलाइ उद्धार गरेकोछ।कैयन नेपाली महिलाहरु बेचिनबाट जोगाएकाछन्। कैुन बेचिएका महिलाहरुको उध्दार गरेका छन।जालसाजी घुसखोरी भ्रष्टहरुको निद हराम गरिदिएका छन्।रबि एकजनाले नेपाल सरकारले गर्न नसकेको सबै काम गरिदिन सक्छ।
रबि लामिछानेका बिरोधिहरु के भन्छन भने रबि ठग हो उ गणतन्त्र धर्म निरपेक्ष ता र संघीयताको बिरोधी हो।जनताको आवाज मुखरित गर्ने भन्ने आवरणभित्र स्वार्थ लुकेको छ।बैदेसिक रोजगारमा म्यानपावरसंग मिलेर कमिसन खाने; बिदेसमा दुख पाएकाहरुसंग पैसा लिएर उध्दार गरे जस्तो गर्ने; नेपालमा राजतन्त्रकालमा गणतन्त्रबादीहरुको आन्दोलनबाट भागी अमेरिका पलाएन भएको र अमेरकी नागरिक भइ अमेरिकी एजेन्ट भएको र नेपालमा गणतन्त्र स्थापना पश्चात् बोल्न पाइने भएकोले त्यसको भरपुर सदुपयोग गरि गणतन्त्रबादीहरुलाइ राजाबादीसंग मिलेर सखाप पार्न उद्दत ब्यक्ति हो। नारी उद्दार गर्ने नाममा नारीलाई पीडा दिने आफ्नै श्रीमती हुदाहुदै गैह्र तरिकाले अर्की बिदेसी श्रीमती ल्याउनु र गैह्र सन्तान समेत जन्माउने त्यतिले नपुगी नेपालमा पनि अर्कि श्रीमती ल्याइ अमेरिकामा रहेकी जेठी श्रीमती र उनीबाटकी छोरी बिल्लिबाठ भइरहेको छ।यस्तो ब्यभिचारी स्त्रीलम्पटलाई किन अधिकांस महिलाहरुले नै समर्थन गर्छन भनी प्रस्न गर्ने गरेकाछन।ठूला बढा संभ्रान्त परिवारहरुसंग मात्र उठबस गर्ने, कोहि अन्यायमा परेको मान्छे उकहा जादा पैसा पहिले माग्ने र बिना पैसा कुनै काम नगरिदिने भन्ने भनाइ पनि सुनिन्छ।
अर्काथरि भन्छन् सालिकराम रबि काण्ड सबै नाटक हो भन्ने पनि पाइएको छ।जुनसुकै दलका भएपनि सबै बाहुनहरु ८०% अहिन्दु मंगोलहरुलाइ दबाउन र मास्न एक हुन्छन किनकि नेपालमा हिन्दू बाहुनबादको हाबी सबै दलमा छ।आर्यहरु मंगोललाइ सिध्याउन गोप्य रुपमा विश्व हिन्दु महा संघद्वारा परिचालित छन र एक ढिक्का पनि छन।आर्यहरुले राणाकालदेखिनै
मंगोलयुवाहरुलाइ सिध्याउन ब्रिटिश सेना र भारतीय सेनामा बेचेर रोयल्टी खादै आएको र हाल पनि त्यसैको नितन्तरता अर्कै रुपमा हुदैछ त्यो हो खाडी मुलुक मलेशिया बहराइन कुबेत कोरिया सिंगापुर आदि देसहरुमा पठाइ त्यहाबाट आएको रेमिट्यसन्सले देस चलिरहेको छ।प्राय मंगोलहरुनै बिदेसिन बाध्य पारिएको छ।ज्यादै न्यून संख्यामा मात्र आर्यनहरु बैदेसिक रोजगारमा गएका छन् तर म्यान पावरहरु चै प्राय आर्यहरुले संचालन गरेका छन्।आर्यहरुलाइ त मुलुकभित्रै प्रशस्त अवसरहरु जुट्छ जुटाइन्छ।आदिबासी जनजाति मुस्लिम मदेसी मंगोलहरुलाइ विभेद गरि बिदेस जान बाध्य पारिएको हुन्छ।
अर्का थरीले के भन्ने गर्छन भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि ; राजाबादि र पूर्ब राजा ज्ञानेन्द्र लगायतकाले राजतन्त्रसहितको हिन्दूराज्य पुनर्स्थापना गर्ने षड्यन्त्रको कडी समेत हो।त्यसैको प्रबन्ध मोलाउन भारतीय रअ प्रमुख र भारतीय बिदेस मन्त्री नेपाल आइ नेपाली राजनीतिक दलका शीर्षस्थ नेताहरुलाइ भेट्नु ; नेकपाका नेताहरु बिदेस जानू आदि र सालिकराम आत्महत्या प्रकरण सबै नेपाल बर्बाद पार्ने खेल हुन सक्छ।वा मदनभण्डारी हत्याकाण्ड वा दरबार हत्याकाण्डको श्रृंखला पनि हुन सक्छ भनेर भन्नेहरु पनि छन्।
अन्त्यमा जस्तोजुकै नियतका प्रबृतिगत घटनाहरु घटेका भए पनि दोषी उम्किनु हुन्न निर्दोष फसिनु हुन्न।दसबर्षे जनयुध्द ०६२/६३ को आन्दोलन; मधेस आन्ददोलन ; आदिबासी जनजाति आन्दोलन; दलित महिला अपाङ्ग आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा होस।दुई तिहाइको दम्भ बोकेको नेकपाको सरकार सच्चियोस।नेकपाको नेतृत्व सच्चिएर सुझबुझ सहित नेपाल र नेपालीको सुख समृध्दि र अमनचयनको लागि बेलैमा सोचोस। नेपाल शान्त संबृध्द र सुशासन सहित होस।सबै खुसी होउन। सबैले अपनत्वको महसुस गरून् न्याय नमरुन।जय देस जय नेपाल।जय नेपाली जनता।
जनिकुमार राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल:- चा. न. पा.-२ झोैखेल भक्तपुर
मिति :- २०७६/०५/११ गते बुधबार।
दिउँसो : ठीक ३ बजे।