चेली र माइती बीच बार्तालाप

चेली माइतिको जुहारी

चेली-१ एलैलै राखोलैखोला बिचरा माइती
के गर्दै होला

चेली-२ एलैलै हातमुख धुदै माइतीलाइ
भेट्न जाउ अब उदै
चेली-१ एलै लै राखोला पारि ठीक पार युम्पि
माइतिलाइ भारी
चेली-२ देउराली भाके भारी त तोङमा
ठीकपारी सके
चेली-१ धान छरछर लोै हेर तल माइतीको घर
चेली-२ सुपारी दाना क्या राम्रो माइती हो
रहेछ नाना
चेली-१ दुधकोसी पारी क्या राम्रो रहेछ
माइतीको टारी
चेली-२ जंगलमा बांको माइतीले हामीलाइ लोै
हेरी राको
माइती: सुनको सेलीलाइ कहाँ भेटोै भको मेरो
चेलीलाइ
चलि-१ पानी पानधारे भेटिदो रहेछ जीवन
नमरे
चेली -२ सुनकाटी तोला तिमिलाइ दुख कति
भो होला
माइती: फुलवुटे सारी छोडेर गयोै माया नै मारी
चेली-१ तरकारी सिमी उठाउदा कति उठेनोै
तिमि
चेली-२ मरिने चोला छोडेको भनेर
नठान्नु होला
चेली-१ घास काटनु जुहारी सेरपिक्मा लाइ
भित्राउ है बुहारी
माइती: जाइफलको दाना सृष्टिलाइ थाम्न लोै
हुन्छ नाना
चेली-२ देल्मी त राम्रो छुटिनु पर्दा है
सारै नराम्रो
माइती: फुलफुल्यो सेतै के छुट्नु नाना बसोै न
यतै
चेली-१ बरले भुइ छुन्न त्यसरी माइती भनेर हुन्न
चेली-२ अर्खोैले सिरै जान्छोै है माइती
तयाजुङतिरै
माइती: कर्दैले रेट्ने चेलीर माइती खै कहिले
भेट्ने
चेली-१ भाले रेटोैला तोसीमा हामी फेरि
भेटोैला
चेली-२ घर खरले छाउनु उभोैली ताका
माथि नै आउनु
चेली-१ जोै गहु छर्छोै उधोैलीताका
तलतिर झर्छोै
माइती: गाइले घाँस खायो तेसोभा नाना बाचा
नै भयो
सबैले एकै स्वरमा : सुनको सेलिले धरती राम्रो माइति चेलीले

जनि कुमार राई
थुलुङ दूधकोसी -४ जुबू सोलुखुम्बू
हाल चागु. न .पा.-२ झोैखेल, भक्तपुर

२०७५/०६/०५/ शुक्रबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *