झ्याउरे गीत

रचनाकाल:- २०५४/०२/१०

सक्तैन हुन हिंसाको खेती बुध्दको देसमा
जन्मिन्न कहिल्यै कायरहरु हिमालको काखमा

कसरी हुन्छ हिंसाको खेती मेलमिलाप भएमा
मान्छेको भाषा मान्छेले बुझी सही बाटो हिडेमा

उस्तै हो दर्द उस्तै हो पीडा सबैले बुझ्नुछ
बिश्वासको खम्बा उठाइ हामी एकजुट हुनुछ

बोलीलाइ गोली नबनाइ सबले बन्नुछ दयालु
बैरीको सामु होमिनु पर्छ भएर बिशालु

को ठूलो यहाँ को सानो यहाँ सबैनै उस्तै हुन्
स्वभिमान बनी परिश्रम गर्नु यही हो हाम्रो गुण।

जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल:- चा. न. पा.-२ झोैखेल भक्तपुर
मिति २०७५/०८/९ गते आइतबार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *