९० सालको भूइचालबाट तङग्रिएको
साम्राज्यबादी बैरीहरुको सामू
क्षेप्यास्त्रझै ठिङ्ग उभिएको
मेरो धरहरा खोइ?
नेपालीको सान बनी ठडिएको
निरॐधाहरुका लागि अटल
बिश्वासको खम्बाझै उभिएको
मेरो प्यारो धरहरा खोइ?
सत्यको प्रतीक बनी मुस्कुराइरहेको
गरीबहरूका लागि अमर
न्यायमूर्ति झै उभिएको
मेरो धरहरा खोइ?
पर्यटकहरुको केन्द्रबिन्दू बनीहासिरहेको
देसीबिदेसीहरुका लागि सबल
अर्थतन्त्रको मेरूदण्ड भएको
मेरो धरहरा खोइ?
सहिष्णुताको आधार बनी सुसेलीरहेको
नेपालीहरुका लागि अबिचलित
आत्मबिश्वासको स्तम्भझै उभिएको
मेरो प्यारो धरहरा खोइ