बिचरा घण्टाघर
जोनकिरात( जनिकुमार राई)
बीरशमसेरको बिरासतपूर्ण निसानी
क्षतबिक्षत भइ मूर्छा पर्छ सधैबिहानी
लाखोैलाइ ब्युझाउने
घण्टाघर ढल्नै लाग्यो हेर
चन्द्रशमसेरको कलेज पनि
जानै लाग्यो खेर
धुलो धुवा खादै
रातोदिन घंटाघर ठिङ्ग उभेको
समयसूचकलाइ नबुझ्ने
मान्छेदेखि रीस उठेको
विद्यार्थी वकिल ज्यामी कर्मचारी
हेर्छन यसलाइ
राम्रो नराम्रो समयको सूचना दिन्छ
सधै देसलाइ
मुस्कुराइ फिस्स हेर्छ
फुङ्ग उडेको रानीपोखरी
बालगोपालेश्वर
उभिएको फैलाइ माग्न टोकरी
यताउता ट्याट्या खपी नसक्नु ध्वनि प्रदुषण
हिलो धूलो भयो घण्टाघरलाइ अमूल्य बिभूषण
२०७४/०९/२०/ बिहिबार