धारणा

धारणा
जनीकुमार राई( जोन किरात)
रचनाकाल:२०५०/०८/११

उज्यालो उज्यालै हो अन्धकारको जालोले,
छोप्न खोजेपनि प्रकाशको झिल्को छोप्न सक्दैन।
बेदना बेदनै हो आश्वासनको खम्बाले,
थाम्न खोजेपनि असह्य पीडालाइ थाम्न सक्दैन।

सफलता सफल्तानै हो समस्याको पहाडले,
छेक्न खोजेपनि उत्साहको गति छेक्न सक्दैन।
सत्य सत्यनै हो असत्य कर्मको पासोले,
बाध्न खोजेपनि बास्तबिकताको खम्बा बाध्न सक्दैन।

घृणा घृणै हो दयाको विशाल सागरले,
पखाल्न खोजेपनि घृणित कार्यको ईतिहास पखालिदैन।
समय समयनै हो चैत्र बैशाखको हुरीले,
छेक्न खोजेपनि समयको चक्रलाइ छेक्न सक्दैन।

प्रेरणा प्रेरणानै हो हिनता बोधको लिसोले,
टाल्न खोजेपनि प्रेरणाको श्रोत टाल्न सकिँदैन।
परिश्रम परिश्रमै हो आलस्यताको चर्को तापलेे,
सुकाउन खोजेपनि पोैरखी पसीना सुकाउन सक्दैन।

खुसी खुसीनै हो नैराश्यताको आधीले, बिर्साउन खोजेपनि हर्षको क्षण बिर्साउन सक्दैन।
धारणा धाराणानै हो कुबिचारको हिलोले,
छ्याप््न्न खोजेपनिआस्थाको चुचुरो छ्याप्न सक्दैन।

२०७४/१२/२० मंगलबार
चागुनारायण-२ झोैखेल भक्तपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *