नया २०७५ को शुभकामना

नया बर्ष २०७५ को शुभकामना ।

आयो बिक्रम संबतको नया बर्ष
ल्यावस मुस्कान रमझम उमंग र हर्ष ।
नयां बर्षको मनैदेखि छ शुभकामना
पूरा होस सबैको हजुर मनोकामना ।

दु: ख पीर नोक्सान सबै हटेर जावस
बिकास संबृध्दि र सुख देसभित्र आवस।
चोर फटाह देसजनतालुटेराहरु सबै मरून
गरीब निमुखा भोकाहरुले उन्नति धेरै गरुन ।

शान्ति सुस्वास्थ्य र प्रगतिको कामना
अप्ठ्यारा बाधा अडचनको गरोै सामना।
मुलुकलाइ गुटबन्दीबाट सबले मुक्त पारोै
मुलुकको संकटलाइ सबजना मिलि टारोै।

आँसु दु: ख पीर सबैको हटी जावस
आसा भरोसा र सफलताको यूग आवस।
अग्रगामी समानता समाबेसी नेपालको कामना
यहि इच्छा सबको पूरा होस भन्ने शुभकामना।

जनी कुमार राई
चागुनारायण-२ झोैखेल भक्तपुर
२०७५/१/१

Leave a Reply

Your email address will not be published. Required fields are marked *