खोइ कस्तो रहेछ मेरो देस?
सतिले सरापेको अरे मेरो देस
कोलाहल चीत्कार अनि रोदन
अन्याय अत्याचार ब्याप्त देस
बुझि नसक्नु छ अन्धकारभित्र
खोइ कस्तो रहेछ मेरो देस?
दिन दहाडै बलत्कारी अपहरणकारीहरू
छाती फुकाएर निर्धक्क हिड्ने देस
ठग गुण्डा नैतिकहिन फटाहा तस्करहरु
शीर ठाडो पारी खुलमखुल्ला हिड्ने
दिउसै बत्ति बालि न्याय खोज्नुपर्ने
खोइ कस्तो रहेछ मेरो देस?
अोैषधि उपचार अभाबमा पिरोलिएर
अकालमै गाउँ बस्ती सहरमा मर्नुपर्ने
गुलामी गर्दै जुठोपुरोको आस गर्दै
अभाब बीच भोकभोकै मर्नुपर्ने
न्यायको भीख माग्दा गोली पाइने
खोइ कस्तो रहेछ मेरो देस?
मानबीय संबेदनाको खडेरी लागेर
मानबता काल कोठरीमा परेको
आत्मीयताको सबै ढोका थुनेर
समानता र संबृध्दिको नारा लाएको
निरीह भइ जनता हात फैलाइरहेको
खोइ कस्तो रहेछ मेरो देस?
स्कुल पढ्न गएका कलिलानानीहरू
अपहरण र बलत्कारका सिकार हुने
लाखोैलाख युबाहरु बिदेसमा बेचेर
रेमिट्यानको भरमा देस चलाउने
काम माग्दा करको भारी बोकाउने
खोइ कस्तो रहेछ मेरो देस?
जातीय विभेदमा पार्दै र पेल्दै
समाजबादको नारा लगाउने
एकल जातीय बर्चस्व कायम गर्दै
पहिचानको कुरा गर्न नथाक्ने
बेकार नेताहरु जनताले पाल्नु पर्ने
खोइ कस्तो रहेछ मेरो देस?
बृध्दबृध्दालाइ धोक्रोमा हाली
बागमतिमा बगाउन खोज्ने
बोैध्दिकहरुलाइ मुखमा बुचो लगाइ
बिदेस पलायन गराउन खोज्ने
लक्ष बिहिन नेताको साथ दिनुपर्ने
खोइ कस्तो रहेछ मेरो देस?
जेल नेलको धाक लगाउदै
हावा गफ गर्न कहिलै नथाक्ने
सहिद घाइतेअपाङ्गलाइ धोका दिएर
जनयुध्दको फोस्रो गफ लगाउने
रेल पानीजहाज ग्यासपाइपको कुरा गर्ने
खोइ कस्तो रहेछ मेरो देस?
जनी कुमार राई
थुलुङ दूधकोसी गा. पा .-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पाा-२ झोैखेल भक्तपुर।
मिति २०७५/०५/२८/ बिहिबार।