खै कस्तो रहेछ जीवन?
रंगीन चलचित्र जस्तै
कहिले घाम कहिले पानी
कहिले बादल अनि छाया
प्रेम कहानीको पटकथा जस्तै
कहिले द्वेष कहिले रीस अनि राग
कहिले प्रेम घृना र कहिले सद्भाव
खै कस्तो रहेछ जादुमय जीवन?
दुर्लभ प्रयोगशाला जस्तै
कहिले रक्त परीक्षण कहिले मुटु परीक्षण
कहिले थेरापी त कहिले अकुपन्चर
उधारोमा अोैषधि र उपचार
कहिले होला वा नहोला रक्त संचार
खै कस्तो रहेछ गिनिपिगसरी जीवन?
साधु सन्त र फकिर जस्तै
कहिले भिक्षा माग्दै घरघर
कहिले भोकै बसेर सर्दै परपर
कहिले डमरु बजाउदै गीत गाउदै
उकाली अोराली गर्दै गाउँ शहर
खै कस्तो रहेछ फिरङ्गी जस्तै जीवन?
ज्यामी माहुरी जस्तै
कहिले पूर्ब त कहिले पश्चिम डुल्दै
लाखोै फूल चुम्दै मधुरस बटुल्दै
मह खाने अरूनै अन्तमा मर्नुपर्ने
मर्दा पनि मुखबाट मह अोकल्नै पर्ने
खै कस्तो रहेछ ज्यामीसरी जीवन?
चुनाबमा हारेको नेता जस्तै
कहिले यो संगठन त कहिले त्यो संगठन
निर्माण र बिस्तार गरेको यूध्द लडेको शहिदको अनुभूतिलाइ
व्याख्या बिश्लेसन नभइ अपब्याख्या गर्दै
फलाउन फुलाउन मरिहत्ते आफ्नै गुटलाइ
खै कस्तो रहेछ पीडामय पीडित जीवन?
भिखारीको भीख माग्ने हात जस्तै
कहिले वल्लो घरमा त कहिले पल्लो घरमा
कहिले खाली हात त कहिले टन्न
कहिले आसामुखी बन्दै अोहोरदोहर गरि
माग्दै हिडेको कहिले खाली कहिले धोक्रो भरि
खै कस्तो रहेछ भीखारी जस्तै जीवन
उडिहिड्ने सिमलको भुवा जस्तै
कहिले मन डुलिरहने पाखापखेरा र डाडाभरि
कहिले मन उरालिने तेसै मदेस तराइ बेसी भरि
कहिले सुस्केरा हाल्दै रमाउदै खोला बगरमा
टोक्मा टेकी पसीना पुच्दै भारी ढाकरमा
खै कस्तो रहेछ मूल्यहीन जीवन?
अोैसीको कालोअँध्यारो रात जस्तै
कहिले फ्याउरा त कहिले स्याल कराउने
हुचिल भ्यागुता लाटोकोसेरा छिल्लिदै
गन्तब्यहीन पागल जस्तै बरबराउनेे
खै कस्तो रहेछ अोैसीको रात झै जीवन?
कर्कलाको पानी जस्तै
कहिले यता ढल्कने कहिले उता ढल्किने
न्याय धर्म र मानबतालाइ बन्दी बनाइ
अन्याय अत्याचार छलकपट र ढाट्नु पर्ने
सत्यम शिबम र सुन्दरमको बाटो छेक्नुपर्ने
खै कस्तो रहेछ पोखीजाने जीवन
खुकुरीको धार जस्तै
कहिले हागा छिमल्नु पर्ने कहिले रुखै ढाल्नुपर्ने
बैरीहरुको गर्धन छानी छानी छिनाल्नुपर्ने
अज्ञानअसाक्षर र बेहोसीपनको सिकार हुनुपर्ने
कलियुगको कलाकारितालाइ अगाल्नु नै पर्ने
खै कस्तो रहेछ संघर्षमय जीवन?
जनीकुमार राई
थुलुङ दूधकोसि गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर
२०७५/०६/१०गते बुधबार