राजा बिनाको रानीपोखरी
जोन किरात( जनीकुमार राई)
भिडभाडको बीच रमाउने
हजारोैको मिलन केन्द्र
उत्साही प्रफुल्ल देखिने
आस्थाको धरोहर
फुङ्ग उडेको अनुहार
रुदै कराउदै
दयाको भीख माग्दैछ
राजाबिनाको रानीपोखरी।
बनेको छ भाडो मागीखाने
सत्तालिप्सा प्राणीहरुका लागि
बनेको छ कुखुरी सुनको फुल पार्ने
कमिसनखोर भ्रष्टचारीहरुका लागि
खरबोैको बजेट छुट्टिएको छ
पुननिर्माण गरिने भनेर
बेहाल छ पानी बिनाको रानीपोखरी।
धार्मिक आस्थाको केन्द्र बन्दै
एेतिहासिक पहिचान बोकेर
शक्ति केन्द्रको खेलोैना बन्दैछ
जनहितको कामलाइ रोकेर
लथालिङ्ग भताभुङ्ग बन्दैछ
पानीबिनको बिचरा रानीपोखरी।२०७४/०९/१९/