म हुरी हु म बतास हु कसैले छेकेर छेकिन्न।
म नदी हु म हिमनदी हु कसैले रोकेर रोकिन्न
संघर्षको भट्टीमा खारिएको फलामे इस्पात हु म
मरेर सङघर्ष गर्न बाचेको ज्याद्रो मान्छे नै हु म
काल र शत्रुको जालले जित्न सक्दैन मलाइ
अघि बढ्छु सधै सबै आगोको ज्वालाले जलाइ
शत्रुको षड्यन्त्र र मित्रको शुभेक्षा नै मेरो शक्ति
सधै रहने छ सद्भाव माया शुभेच्छुकप्रति भक्ति
मर्न मार्न तयार छु लक्ष प्राप्तिको लागि लड्न
शक्तिबुध्दि छ यथेस्ट समस्या सित जुध्न भिड्न
चोमोलुङ काखमा हुर्केको नखिइने चट्टान हु म
सत्यको बाटो नथाकीअघि बढरहने यात्री हु म
मेरा प्रेरणा र बिश्वासका शुभेच्छुकलाइ सलाम
शिखरमा पुग्न बन्नेछु म इस्पात जस्तो फलाम
बिश्वयुध्दमा नझुकेको पिताको जब्बर सन्तान
हार हैन जित निडर भइएउटै मन्त्र जब्छु रटान
नहासुन शत्रु मकेही बिचलित हुन खोजेकोमा
खुसी छन मित्रहरु सङघर्षको बाटो रोजेकोमा
मुरी मुरी धन्यबाद छ साथ सधै मलाइ दिनेलाइ
भस्म खरानी भैजावस खेदो मेरो सधैखन्नेलाइ
२०७४ साल फागुन २८ गते सोमबार
चागुनारायण-२ झोैखेल भक्तपुर।