बदमास श्याम

बदमास श्याम ( बालकथा)

एउटा पहाडको गाउमा राम र श्याम नाम गरेका दुई साथी बस्दथे।दुबैको घर नजिकै थियो।दुबैको बाल्यकाल गाउकै दे
उराली भन्ज्याङ र चोैतारीमा चिप्लेटी खेल्दै अनि धूलो माटो र हिलो संग मितेरी लाउदै बित्यो।राम र श्यामको घरयासी जीवन बिलकुलै फरक थियो। राम गरीब परिवारमा जन्मेको र श्याम धनी परिवारमा जन्मेको थियो।रामको परिवार गरीब भएकोले हरेक समस्या सामाधान गर्न अर्काको मेलोपात गर्नुपर्थ्यो। श्यामको परिवार भने धनी भएकोले घरायसी काम लगायत सम्पूर्ण काम गोठाला खेतलाले गर्ने गर्दथे।श्यामलाइ कुनै कुराको अभाव थिएन र श्यामको सम्पूर्ण आवश्यकताहरू सजिलै बिना रोकतोक पूरा हुन्थे तर रामको भनेदयनीय जीन्दगी थियो।रामको हजारोैं इच्छाहरू बाध्यताको सिक्रिले बाधेर सात ठाउमा टालेकोपुरानो कमिज र फाटेको फ्याङले कट्टु लगाएर सन्तोषको सास फेर्नुको बिकल्पै थिएन।साग सिस्नु अनि गुन्द्रुक ढिडो खाएर आमाबाबुको काममा सघाउनु नै रामको बाल्यकालको यथार्थ जीवनको चित्र थियो।आफ्ना दोैतेरीहरूसंग बालुवा र धूलोमा खेल्नका लागि पनि घरको काम सिध्याउनु पर्थ्यो।गाई भैसीलाइ दिनभरि पुग्ने घाँस काटनु पर्थ्यो।भने श्यामको बाल्य जीवन खेलेरै एेस आरामकासाथ बिलासितापूर्बक बित्यो।
समयको गयिसंगै राम र श्यामको गाउमा परिवर्तनका लहरहरू फाट्टफुट्ट देखिन थाल्यो। त्यो गाउमा पढेलेखेका मानिसहरु कमै थिए।बल्ल बल्ल एउटा प्राथमिक बिद्यालयको स्थापना भयो।गाउका बालबालिकाहरु त्यस बिद्यालयमा पढ्न जान थाले।श्यामलाइ पनि त्यस बिद्यालयमा पढ्न पठाइयो।आफ्ना छिमेकी साथीहरु पढ्न गएका देखेर रामलाइ पनि कताकता बिद्यालय जाने रहर जाग्न थालिसकेको थियो।दुई चार दिन तबाबुआमाले पढ्न अवस्य पठाउनुहुन्छभन्ने आशा बोकेर रामले बाबू आमाको मीठो वचन पर्खीबस्यो तर गरीबिको चपेटामा परेका रामका आमाबाबुलाइ अरुको छोराछोरी जस्तै आफ्नो छोरालाइ पनि पढाउनु पत्छ भन्ने कुराको हेक्का भएन।रामले आफ्नो पढ्ने तिब्र इच्छालाइ दबाउन सकेन।रामले आफ्नो पढ्ने चाहना बाबुआमा समक्ष राख्यो।पहिले त नपढाउने बाबुआमाको कुराले राम दुखित भयो तर रामले घरको काम पनि गर्दै पढ्ने कुरा गरेपछि बल्ल आमाबाबुले पढ्ने अनुमति दिए।पढ्न पाउने कुरसले राम अति खुसी भयो।त्यसैबेला नै रामले पढेर ठूलो मान्छे बनी देसको सेवा गर्ने प्रण पनि गरयो। रामलसइ पनि बिद्यालयमा भर्ना गरियो।
रामले असाध्य मेहनत गरेर पढ्न थाल्यो। रामले सधै घरको काम सकेर गुरु गुरुआमाले दिनुभएको पा ठ याद गर्ने र ग्रिहकार्य नियमितरुपले गर्ने गर्दथ्यो।कक्षाकोठामा पनि गुरुगुरुआमाले पढाउनुभएको बेला ध्यान दिएर सुन्ने गर्दथे।राम अत्यन्त अनुशासित मेहनति र शान्त स्वभावका थिए। सधै रामले कुनै पनि काम नहडबडाइ बडो होस पुराएर गर्ने गर्दथे।राम पढ्नमा जति तेजिलो थियो त्यतिकै खेलकुद नाचगान र अन्य प्रतियोगितामा पनि तेजिलो थियो। जब बिद्यालय छुट्टी हुन्थ्यो उ कतै नअल्मली सरासर घर जान्थ्यो। आमाले जे जस्तो खाजा राखेकी हुन्थिन केही नभनीकपाकप खान्थ्यो अनि पढ्न बसिहाल्थ्यो।शनिबारको दिन नुहाउने लुगा धुनेेे काम गरथ्यो।उता श्याम भने कक्षामा हल्ला गरे र अरूलाइ पढ्नै दिदैनथ्यो। गुरुले पढाउनु भएको कुरा ध्यान नदिइ साथीलाइ चिमोटी दुख दिइरहन्थ्यो।गुरुहरुले दिनुभएको होमवर्क कहिल्यै गर्दैनथ्यो।पाठ याद गर्ने काम पनि गर्दैनथ्यो।उसको किताब पनि सबै च्यातिएका हुन्थे।गुरु र गुरुआमाहरुको गाली खानु उसको लागि अचार जस्तै भइसकेको थियो।गाली नखाको र सजाय नपाएको दिन उसलाइ असहज महसुस हुन्थ्यो। बिद्यालयबाट घर फर्कदा बाटोमा खेल्दै साझमा मात्र घर पुग्थ्यो।जहिले पनि उसलाइ घरका मान्छेहरुले खोजेर ल्याउनु पर्नेचलन नै भइसकेको थियो।बिद्यालय जानलाइ पनि सधै आनाकानी गर्ने, पैसा माग्ने जस्ता खराब बानी श्याममा थियो।आमाबाबुले पैसा नदिएमा पैसा चोरेर बेपत्ता हुन्थ्यो।आमाबाबुले भनेको पटक्कै नमान्ने, बाटोमा हिड्ने जोसुकैलाइ ढुङ्गाले हान्ने,जिस्काउने काम श्यामको लागि मनोरन्जनका माध्यम बनेका थिए।घरबाट स्कुल जान्छु भनेर निस्केको श्याम बदमास साथीहरुको हुलमा पसेर फोहर पोखरीमा खेलेर दिन बिताउथ्यो।जब साथीहरु बिद्यालयबाट फर्किन्थे त्यहीबेला उ पनि बिद्यालयबाट फर्के जस्तो बहाना गरेर घर फर्कन्थ्यो।धेरैपटक साथीहरुले समातेर जबर्जस्तीबिद्यालय नलगेको पनि होईन तर बिद्यालयबाट भागेर बेपत्ता हुन्थ्यो।छोराले धुरुक्क रुवाएको थाह पाएर पनि श्यामको आमाबाबुले छोराले जे चाहन्थ्यो आँखा चिम्लेर पैसाको खोलो बगाउथे।श्यामको खराब बानी देखेर रामले “बदमासी काम गर्नु राम्रो होइन, सधै असल काम गर्नु पर्छ,असल काम गरे फल पनि राम्रो हुन्छ ” भनेर बेला बेलामा नसम्झाएको पनि होइन तर श्यामले रामको कुरा सुन्न त कता हो कता रामलाइ उल्टै मनपरि गाली गरथ्यो। रामको एउटै र पुराना कपडा भए पनि सफा र सुकिलो पारेर लगाउथ्यो।आफ्नो सम्पूर्ण सामानहरू जतन गरेर राख्थ्यो।अर्काको समान सित्तैमा कहिल्यै लिदैनथ्यो। श्यामको भने दर्जनोै कपडा भए पनि दिनदिनै फोहर लुगा नै लगाउथ्यो।उसका समानहरु जहितही फालिएका हुन्थे।अर्काको खोसेर लिनु उसको लागि रमाइलो खेल हुन्थ्यो।
यसरी नै राम र श्यामको दिनहरु बित्दै गए ।बिद्यालयको बार्षिक कार्यतालिका अनुसार अन्तिम परीक्षाको सूचना प्रकाशित भयो। रामले परीक्षालाइ ध्यानमा राखी कम्बर कसी पढ्न थाल्यो।श्यामले भने आफ्नो पढ्ने समयलाइ फोहर पोखरी र गल्लीहरुमा खेलेर बितायो। परीक्षा तोकिएकै समयमा शुरु भयो। रामले सम्पूर्ण बिषयको परीक्षा होशियारपूर्वक दियो तर श्यामले भने उत्तरपुस्तिकामा केही पनि लेख्न सकेन।परीक्षाको नतिजा पनि चाडै प्रकाशित भयो।परीक्षाको नतिजा अनुसार राम प्रथम भएको रहेछ भने असफल भएको रहेछ।श्यामको परीक्षाको फल शून्य नै भयो भने रामले प्रसस्त पुरस्कार पायो।छोराको प्रगति देखेर रामको आमाबाबु असाध्य खुसी भए भने श्यामको अभिभाबक दुखित भए।रामको पढाइ निरन्तर अगाडि बढ्दै गयो।प्रत्येक बर्ष राम प्रथम हुँदै गयो भने श्याम असफल हुँदै सोही कक्षामानै धेरेै बर्ष दोहोराइरहयो।लाजले गर्दा श्यामले पढाइ छोडेर जुवा तास खेल्न गुण्डागर्दी गर्न थाल्यो।घरको सम्पूर्ण सम्पत्ति सिध्यायो। सम्पत्तिको नाममा केही बाकी रहेन।श्यामका आमाबाबु बिरक्तिएर जोगी भएर हिडे।अब त झन श्याम निर्धक्कसंग जे गर्न मन लाग्थ्यो त्यही गर्न थाल्यो।रामको एस एल सी को नतिजा आयो।रामको नाम प्रथम स्रेणीमा प्रथम स्थानमा निस्केको रहेछ।गाउँ शहर नेपाल अधिराज्यभरि रामको नाम फैलियो। गाउलेहरूले रामको जयजयकार र खुशियाली मनाए। सरकारले रामलाइ अति जेहेन्दार र उत्क्रिस्ट बिद्यार्थीको रुपमा सरकारले सरकारी अनुदानमा बिदेस पढ्न पठायो।बिदेसमा पनि रामले मेहनत गरि पढ्यो।केही बर्षपछि राम एक असल डाकटर बनेर स्वदेस फर्केरआफ्नै देसको सरकारी अस्पतालमा रोगीहरुको सेवा गर्न थाल्यो। रामको आमाबाबुको दु: खको जीवनले डाडा काटीसकेको थियो। छोराको प्रगति देखेर बुढाबुढीलाइ खुसी लाग्नु स्वभाबिकै थियो।
श्यामले भने आफनो घरको सारा सम्पत्ति स्वाहा पारी चोरी काममा समेत लागिसकेको थियो।चोरीकै अभियोगमा श्यामलाइ जेलमा थुनियो। श्यामले आफ्नो सम्पूर्ण जीवन जेलमै बिताउनु बाहेक अर्को कुनै बिकल्पै थिएन।पहिलेको कुरा सम्झेर धुरधुरु रुन्थ्यो तर के गर्नु समय बितिसकेको हुनाले पश्चताप गर्नु बाहेक नोैलोबिकल्प नै थिएन।जुन जेलमा श्यामलाइ राखिएको थियो त्यहि जेलछेउबाटै रामको अस्पताल जाने बाटो पर्दथ्यो।एक दिन राम अस्पताल जाँदै थियो, रामले श्यामलाइ जेलको ढोकामा उभिराखेको देख्यो।पहिले त रामलाइ बिश्वास लागेन तर पछि राम्ररी ठम्याएर हेर्दा श्याम नै हो भन्ने पक्का भयो।अनि रामले शयामलाइ भेटी त्यसरी जेलमा पर्नु पर्ने कारण सोध्न थाल्यो।
आफ्नो अगाडि डाक्टरको भेषमा आफूसंगै पढ्ने साथी रामलाइ देख्दा श्यामलाइ कम्ती लाज नलागेको होइन तैपनि यथार्थ कुरा त बताउनै प- यो।श्यामले बिगतका सम्पूर्ण बदमासी र बदमासी कार्यबाट त्यस्तो दसा भोग्नु परेको कुरा आदिदेखि अन्त्यसम्म फेरबदल नगरी सबै बतायो।संगै बिद्यालयमा पढ्दा आफूलाइ रामले सम्झाउदा मानेको भए त्यस्तो दुर्दशा भोग्नु पर्दैनथ्यो होला भन्ने कुरा पनि श्यामले स्वीकार ग- यो।बिगतका गल्तीलाइ स्वीकारेर श्यामले रामसंग माफी पनि माग्यो।सम्पूर्ण कुरा थाह पाइसकेपछि रामलाइ श्यामप्रति दया लाग्यो।अनि साथीसंग गाउलेको हैसियतले जमातमा श्यामलाइ जेलबाट छुटाउने बिचार ग- यो।श्यामले भने उसले गरको पापको फल भोग्न काराबास नै उचित हो भन्ने महसुस गरेको कुरा राख्यो।आखिर रामले श्यामलाइ जेलबाट मुक्त गरेरै छाड्यो।अनि रामले श्यामको पेट पाल्ने समस्या समाधानको लागि आफ्नै अस्पतालमा सानोतिनो काम मिलाइ दियो।श्यामको म्रित आत्मालाइ जीवित पार्ने काम रामले नै गरेको हुनाले श्यामले पनि बिगतका ग?ल्तीहरुलाइ फेरि कहिलपयै पनि नदोहो- याउने गरि नया जीवन जीउने प्रण ग- यो।अनि बिस्तारै जीन्दगीको आेइलीसकेको फूलबारीमा नया उतसाह उमंगको बास्ना मगमगाउन थालेको महसुस हुन थाल्यो। रामलाइ पनि बाटो भुलेको साथीलाइ सहि बाटोमा ल्याउन सककोमा कम्ति खुसि लागेको होइन। दुबैजनाले घरजम गरि आनन्दसित बसे।
२९७४/१२/ ०२ शुक्रबार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *