बिचरो प्रबिनको ब्यथा

बिचरो प्रबिनको ब्यथा

एक साझको कुरा हो, एक्कासी मेरो कानमा ठूलो स्वरले रोएको आवाज प- यो।ठम्याएर त्यो आवाजलाइ सुने।त्यो आवाज जितेको घरबाट आइरहेको थियो।पिलपिल टुकी बलिरहेको थियो।टुकीको मधुरो प्रकाससगै रोदनको झनकार हावाले मेरो सामु ल्याइपुराएको थियो। मैले सोचे उनीहरु पनि हामी जस्तै गरीब भएकाले एक गाँस खाने र एक धरो कपडा लाउने समस्या सामा धान गर्न लिएको रीन तिर्न नसकेको कारण गरीबमारा जेठा मुखियाले जितेको सर्बस्व हरण गरेको होला।
रूवाबासी बढ्दै गयो, अस्पष्ट शब्दमाअरू गागलेहरुको स्वर पनि सुने। आवाज र रुवाइलाइ मात्र सुनिरहन मन लागेन।राको बाले अनि कुरो बुझ्न जितेको घर तर्फ लागे।केही क्षणमै जितेको घर पुगे तर अफ्सोच त्याहाको द्रिष्य भयानक थियो।त्यो द्रिष्य थियो, जिते को श्रीमतिको।बिचरी एउटा अबोध बालक जन्माएर मरिसकेकी रहेछिन्।गाउलेहरू एकआपसमा शोक प्रकट गरिरहेका थिए।हरे बिधाताको नियम पनि कस्तो सोच्नै नसकिने।मैले त्यो द्रिष्यलाइ हेर्न सकिन।मेरा आखाहरू टिलपिल रसाए।जिते मू्र्छित थियो। मू्छा नपरोस पनि कसरी।आफ्नो जीवन साथी कहिल्यै नफर्किने बाटो लागिसकेकी थिइ।जितेको दायाँ हात नै भाचीसकेको थियो।जितेको आधा मुटु चुडिसकेको थियो।त्यो भयाबह म्रितुले जितेको घायल मुटुभित्र कहिल्यै ननिस्कने किला गाडिएको थियो।त्यो वातावरण निस्तब्ध थियो। यस्तै बेला अबोध बालकले रातको अन्धकसरलाइ छिचोल्दै चिच्याउदै रून थाल्यो।सायद अन्धकारको बादललाइ फट्याएर सुनोैलो दिन ल्याउन सकोै भनेर चिच्याएको थियो।
चारैतिर सन्नाटै सन्नाटाले छाएको थियो।रातमा कराउने झ्याउकिरीले पनि दुखको गीत गाइरहे काे थियो।आकासमा टहटह लाग्ने चन्द्रमाले पनि यस्तो भयानक द्रिष्य हेर्न नसकी आफ्नो मुख छोपेकी थिइन।खोलानालाहरू पनि दुखित भएर सुसाइरहेका थिए।आकासमा ताराहरु पनि बिरहले ब्याकुल भइ निस्तेज थिए।गाउ मा कुकुरहरु बिरहले रोइरहेका थिए। यही समयमा चिसो हावाको आगमनले जिते मुर्छाबाट ब्यूझियो।होसमा आइसकेपछि उसले आशुका बलिद्र धारा बगाउदै बिलोैना गर्न थाल्यो।”हाय प्राणप्यारी एक्लै छोडी तिमी कता गयोै। यस्तो बेहाल पारेर तिमी मात्रै नजाउ।मलाइ पनि तिम्रै संसारमा लैजाउ।तिमी बिना मेरो संसार नून बेगरको तरकारी जस्तो हुनेछ। पानी बिनाको पोखरी जस्तै हुनेछ। यो के गरेकी तिमीले? हुनै सक्दैन।” सोकाकुल जितेले बिरही ब्यथा पोख्दै आफ्नी मरेकी स्रीमतिलाइ अंगालो हाल्न पुग्छ।
हतपत गाउलेहरुले जितेलाइ लासबाट छुटाउछन्।सारा गाउलेहरू एकपट्टी लागेर पालैपालो जितेलाइ सम्झाउछन्।गाउलेहरु मध्य गुमानसिंह सबैभन्दा पाको थियो।गुमानसिंहले जितेलाइ मन्द स्वरमा सम्झाउन थाल्छ।” हेर भतिज संसारको नियम यस्तै छ।यश नियमलाइ संसारका सबै प्राणीहरुले पालना गर्नैपर्छ।जन्मेपछि एकदिन अवस्य मर्नु पर्छ।हुन त यो घटनाले तिम्रो मात्र होइन हामी सबैको मुटु चरक्क चिरिएको छ।खै के गर्ने? त्यो दर्द त्यो बेदना बाड्न हुने भएको भए हामीले पनि बाडेर लिन्थ्योै ।कमसेकम तिम्रो मनभित्रको बोझ कम हुने थियो।ज्यादा पीर नगर।जे हुने कुरा भइसक्यो, बिस्तारै बिर्सने प्रयास गर।सूर्यको जस्तो तेज भएको यो बालकलाइ तिम्रो श्रीमतिले तिम्रो हातमा तिमीलाइ उपहार छोडिराखेकी छिन्। यो बालकको राम्रो हेरचाह गरी हुर्काउ राम्रो शिक्षादिक्षा देउ असल बाटोतिर यसको जीवन मोडिदे। यहि नै तिम्रो मायाको चिनो हुनेछ।” यति भनिसकेर बूढो चूप लाग्यो।त्यो अबोध बालक रातको जाडोले कक्रि सके को रहेछ । मैले दुई जना महिला बहिनीहरुलाइ बालक स्याहार्न अह्राए ।ती दुइले पानी तताएर मनतातो पानीले बच्चालाइ धोइवरी तेलले दली अगेना छेउमा आगोमा सेक्न थाले।बालक चूप लागेर बसिरहयो। सायद उसले सबै कुरा बुझेछ क्यार। कोही दले महन्तकहा गाइको दूध लिन पठाए। म चै दूधदानी लिन घर गए।जुन दूधदानी पुन्टेकी आमा बिरामी हुदा पुन्टेलाइ गाइको दूध खुवाउन शहरबाट बडो मुस्किलले झिकाएको थिए।
दूध र दूधदानी पनि जम्मा भयो।बच्चालाइ दूध ख्वायोै।बच्चाले दूध तनतन तान्न थाल्यो।हामीहरू गफ गर्दै बसिरह्योै। २/४ जना साथीहरु गुन्द्रीमा पल्टीरहेका थिए।बिस्तारै रा त ले आफ्नो कर्तब्य पूरा गरि आफ्नो स्थान दिनलाइ सुम्पिदियो।चारैतिर कुखुराको भालेहरू दिनको संकेत दिदै बासीरहेका थिए।छ्याङ्गै उज्यालो भयो। सबैजना जराकजुरुक उठे।पधेरामा गाउका दिदीबहिनीहरुको लाम लागिसकेको थियो।गए रातीको घटनालाइ लिएर सबैको मुखबाट अफ्सोचका शब्दहरू ब्यक्त भइरहेको थियो। यता जितेको घरमा जातीय रीति रिवाज अनुसार लासलाइ जंगल लानका लागि तैयारी भइरहेको थियो।घर नजिकैको बाँस काटी खट तयार पारियो।लासलाइ खटमा राखीहरियो बासको चोयाले बाधी चारजनाले बोकी जंगलतिर लगियो।
बालक र अशक्तबाहेक सबै गाउलेहरू मलामी गए।जातीय रीतिअनुसार दाह संस्कार गरि जितेको घरमा मलामीहरु आए।गाउले रीति अनुसार गाउले दिदी बहिनीहरुले कठुवा र गिलेनमा जाड रक्सी ल्याएका रहेछन्।मलामी जानेहरुले हातमुख धोएर जाड रक्सी खाए।त्यसपछि गाउलेहरु जितेलाइ सम्झाउदै र सान्त्वना दिदैआ- आफ्ना घरतिर लागे।म पनि एकछिन कुरा गरेर आफ्नै घरतिर लागे।अब जिते बिलकुल एक्लो भइसकेको छ।उसले आफूले आफैलाइ ठम्याउन सकेको छैन।उ सहाराबिहिन छ।उसले कताकता केके हराएको जस्तो महसुस गर्छ।सपना र बिपना छुटाउन सकिरहेको छैन।आफूलाइ पागल भएको महसुस गर्छ।उसको जीवन आसुको सागरमा डुबिरहेको छ।यस्तो सोच्छ उसको जीवनमा आउन सायद मुस्किलै होला।यस्तो पीडालाइ सहेर पनि उसलेआफ्नो छोराको भबिष्यको लागि श्रीमतिलाइ बिर्सन खोज्छ तर मुटुमा लागेको अमीट चोटलाइ कसरी सहजै बिर्सन सकिन्छर? जितेलाइ कहिल्यै नमेटिने चोट लागेको थियो।
जे भए पनि छोरालाइ हुर्काइ यो संसारमा मान्छे जस्तै बनाउनु आफ्नो कर्तब्य जितेले ठान्दछ।छोराको नाम प्रबिन राखेको हु्न्छ।प्रबिनले आमाबाबु दुबैको प्यार जितेबाटै पाउछ।प्रबिनको उज्ज्वल भबिष्यको लागि अर्काको मेलापात गर्दै खाइ नखाइ अरुको तीतो वचन सहेर पनि समाजको अगाडि उभिन खोज्छ तर हरेक कुनाबाट उसको बिरुध्द अबरोध आइरहन्छ।पूर्बजन्मको कमाइ नै यही होला भनेर आफूले आफैलाइ धिक्कार्छ ।तर पनि जितेले हिम्मत हार्दैन।दिन बित्दै जादा प्रबिन पनि छ बर्षको भइसकेको हुन्छ।जितेको मनमा केही खुसीको पालुवा पलाए जस्तो लाग्छ।त्यो खुसीको पालुवासंगै मेरो आमा कहाँ छन बाबा! भन्ने प्रबिनको बिरक्तिएको वाक्यले जितेको ह्रिदय चसक्क घोचिदिन्छ।पुराना इतिहासका पानाहरू फर्रर पल्टिन्छ।उ उत्तर बिहीन हुन्छ र उसका आेठहरु सुक्छन्।जितेको आखाबाट आशुका थोपाहरू टलपल हुँदै टप्किन्छ। पटक पटक छोराको उहीँ शब्द दोहोरिरहन्छ आमा कहां छन बताइदिनोस न बाबा सबैको आमा छ मेरो चै छैन किन बाबा? अब जितेले साहस गरेर भनिदिन्छ ” तेरो आमा मरिसकिन।”अब तेरो आमा यो संसारमा फर्केर कहिल्यै आउदिनन।यो वाक्य पूरा हुन नपाउदैप्रबिनले आमा भन्दै चिच्याउदै रुन थाल्छ ।
जितेको मन धमिराले खाए जस्तै छियाछिया हुन्छ।सम्पूर्ण जिन्दगीको इतिहासका पाना पल्टाएर जीवनका कथा ब्यथा छोरा लाइ सुनाउन खोजेर पनि जितेले भन्न सक्दैन। प्रबिन बिस्तारै वसन्त रितुका पालुवासंगै शुक्ल पक्षका पूर्णिमा जस्तै बढ्दै जान्छ। प्रबिन १० बर्षको भइसकेको हुन्छ।सानातिना काममा आफ्ना बाबुलाइ सघाउन थालेको हन्छ।अर्काको मेलापात गर्न बाबु छोरा दुबै संगै गाउबेसी गर्न था लेका हुन्छ्न्।बर्षोैसम्म दुखमा डुबेको जितेले केही सन्तोषको सास फे र्न थालेको हुन्छ।जितेको मनमा नयां फूलबारी सिर्जना हुन थालेको आभास हुन्छ।तर आफू गरीब भएकोले छोरालाइ पढाउन सकिरहेको हुदैन।
प्रत्येक बर्ष आउने दशैंमा लिएको रिन तिर्न सकेको हुदैन। जेठा मुखियाको शोषणले सीमा नाघिसकेको हुन्छ।जिते लगायत सम्पूर्ण गाउलेहरु जेठा मुखियाको अन्न्याय अत्याचारको जातोमा पिसिएका थिए।अरुको खुसी खोस्नु जेठा मुखियाको लागि सामान्य खेल जस्तै थियो।
एक दिनको कुरा हो, जेठा मुखियाको नीजि लाउकेले गाउभरि उर्दि लाउदै हिड्यो ।” तिमीहरुलाइ थाह छ? सदाझै यस बर्ष पनि ५ दिन मुखे साबको घरमा काम गर्नु पर्ने। त्यो कुरालाइ ध्यान राखी तिमीहरू भोलिदेखि चिमसारा भीरमा दाउरा काटी मुखेको घरमा ल्याइपुराउनु पर्नेछ। नत्र
खैरात छैन ।” लाउके अर्कै गाउतिर उर्दि लाउन हिड्यो।गाउलेहरु दि्क्क मान्दै भन्न लागे ” हरे शिव कुन जु निको रिन थियो यो मोराको हा मीले आफ्नो जीउ धन पनि भन्न

पाएनोै ।यो अलच्छिना मोरा मरे पनि हुने हाइ सुख त हन्थ्यो।” यस्तै असन्तुष्ट र रुष्ट शब्दहरूउच्चारण भइ रहे।के गर्न सक्छन र बिचराहरु मन नलाग्दै बाध्य भएर जिते लगायत गाउलेहरु चिमसारा भीरतिर लागे।
जंगलको चारैतिर छरिएर ठूला ठूला रूख छानी ढाल्न थाले।अचानक रूख ढलेर जितेलाइ थिचि दियो ।एेया पनि भन्न नपाइ जिते परमधाम लाग्यो। यो बे हाल देखेर गाउलेहरु बेहोस भए।यो अवस्था मा पनि जेठा मुखियाको एकरति दया पला एन।यो गधाको लासलाइ सिम्ले खोलामा फ्या केर आउ। अनि यो दाउरा काट्ने काम ५ दिन भित्र पूरा गर्नै पर्छ बुझ्योै।यस्तो निर्मम अत्याचारबाट गाउलेहरूको रीस नउठेको त होइन तर के गर्नु बिना दातको कुकुर जस्तै लुसुक्क जितेको लासलाइ कुकुर बिरालो मरेसरी खोलामा फ्याक्नु प- यो।हाम्रो पनि यही हालत कुनै दिन हुनेछ भनेर गाउलेहरुले एकआपसमा कुरा गरे।पू: न रुख ढाल्न शुरु गरे।५ दिनमा रुख ढाली दाउरा चिरि जेठा मुखियाको घरमा पुराउने सम्पूर्ण काम सिध्याइ सबै गाउलेहरू आ- आफ्ना घरतिर लागे।
अब प्रबिन पुरै टुहुरा भइसकेको छ।उसलाइ यश संसारमा आफ्नो भनेर सहारा दिने मान्छे कोही थिएन।प्रबिनको जीवनमा अचानक आपत्तिको हुरी आएको थियो।यस्तो अवस्थामा पनि जेठा मुखियाले प्रबिनमाथि दया माया देखाएन।प्रबिनलाइ धम्काउन थाल्यो।” हेर तेरो बाउले लिएको ऋण तुरुन्त चुक्ता गर नत्र तेरो जायजेथाबाट मेरो पैसा असुल गर्नुका साथै तं पनि जुनिभर मेरो नोकर बन्नुपर्नेछ बुझिस “। बिचरा दुखमा परेको प्रबिनले केही बोल्न सकेन।जेठा मुखियाले प्रबिनको सम्पूर्ण जायजेथा हडप गरि प्रबिनलाइ पनि गलहत्याउदै आफ्नो घरतिर लग्यो।कति निठूरी जेठामुखिया प्रबिनलाइ बाउको किरियासम्म गर्न दिएन। प्रबिनलाइ नोकरको काम गर्न लगाइयो ।उसलाइ पशुलाइ जस्तै ब्याबहार गर्न थालियो।
यस्तो नरकुण्डमा प्रबिनले काम गरेको पनि ५ बर्ष बितिसकेछ।प्रबिन एक शसक्त १५ बर्षे यूवा भइसकेको थियो।उसले मनमनै मुखियासित बदला लिने अठोट लिइसकेको थियो।तर बिकल्प थिएन।बिदेस गई धन कमाइ ल्याउने बिचार प्रबिनले ग- यो।यही निश्चय गरी त्यो नरपिचासको घरबाट रातको बाह्र बजे सुटुक्कै एेसेलुखर्कको बाटो लाग्यो।उज्यालो हुदा रम्बुवा काटीसकेको थियो।अनन्त लक्षलाइ मनभित्र बोकेर कटारी जाने बाटो सोध्दै अगाडि बढ्छ प्रबिन।हजारोै नदीनाला पार गर्दै असंख्य उकाली अोराली संग मितेरी लाउदै प्रबिन बल्ल बल्ल कटारी पुग्छ ।उसलाइ स्वर्ग पुगे जस्तै लाग्छ।केही बेर बजार घुमघामपछि ट्रकमा चढी मिरचैयातिर लाग्छ। मिरचैया पुगेपछि काठमाण्डोै बाट आउने बसको पर्खाइ पश्चात बस आइपुग्छ र त्यही बसमा चडि बिराटनगरतिर लाग्छ प्रबिन।बिराटनगरको बसपार्कमा बस रोकियो। बसबाट अोर्लेर चिनेको मान्छे छनकि भनी यताउता हेर्छ तर कोही देख्दैन।उसलाइ बिरानो ठाउमा रून मन लाग्छ।एक कुनामा कहा जाने कहाँ बसने के खाने भन्ने सोच्दै झोक्रिएर बसेको बेला उस लाइ कसैले बोलाउछ।” भाइ तिमी को होै कहाँ जान लागेको?” । प्रबिन झसंग हुन्छ।त्यो बोलाउने मान्छे थियो भोजपुर खनियाखर्क बस्ने मान बहादुर शर्मा।प्नबिनले आफ्नै मान्छे जस्तो ठानेर आफ्नो सम्पूर्ण हाल बता इ दियो।प्रबिनको हालत देखेर मान बहादुरलाइ दया पलायो किनकि ती दुबैको जीवन कथा मिल्दोजुल्दो थियो।प्रबिनको जस्तै अवस्थाले गर्दा मान बहादुर पनि परदेसिनु परेको थियो।मानबहादुर एक होटेलमा काम गरथ्यो अनि प्रबिनलाइ पनि उतै लग्यो।तिम्रो र मेरो कथा एउटै रहेछ । त्यसैले गर्दा म यहाँ आइपुगे।म माइला होटेलमा काम गर्छु। अहिले उतै जाउ ।२/४ दिन त्यही बसोै अनि पछि तिमीलाइ पनि काम खोजिदिन्छु।बिचरा प्र बिनलाइ ढुङ्गा खोज्दस देवता मिले जस्तो लाग्यो।दुबै होटरलतिर लागे।२/४ दिनसम्म प्रबिन त्यही बस्यो।फुर्सदको बेला ती दुइ बीच कुराकानी हु न्थ्यो।५ दिनपछि प्रबिनले पनि त्यही होटेलमा भाडा माझ्ने काम पायो । तर प्रबिनले सोचेको कुरा त्यो थिएन।प्रबिनले आफ्नो लक्ष मानबहादुरलाइ भन्ने मोैकै पाएकै थिएन। बल्ल एक दिन प्रबिनले आफ्नो लक्ष मान बहादुरलाइ भन्ने मोैका पायो। दुबैले सल्लाह गरेर होटल छोडी जोगबनीतिर लागे। जोगबनिबाट रेल चडेर लखनउ पुगे।त्याहा चिनेको मान्छे कोही थिएन।बल्लबल्ल २ दिन पछि प्रबिनले गाउले चिनेको दाइ भेट्यो।त्यो गाउले दाजु लखनउको आर्मी ब्यारेकको सिपाही थियो।गाउले दाजुलाइ प्रबिनले आफ्नो सम्पूर्ण हाल सुनायो र आफू पनि आर्मी बन्न चाहेको इच्छा जाहेर ग- यो।गाउले दाजुले दुबैलाइ आश्वासन दिदै भन्यो।” जनवरी १ तारेखमा भर्ति खुल्दैछ।तिमीहरु त्यही आउनु म मेजर साहबलाइ भनेर भर्ती मा लगाइदिन्छु।” गाउले दाइले केही दिनको लागि बस्ने खाने ठाउको बन्दोबस्त गरिदिनुभयो।भारु ५०० प्रबिनलाइ दिएर गाउले दाइ आफ्नो ब्यारेकतिर लाग्यो।मानबहादुर र प्रबिन त्यही कोठामा बसेर आफ्नो सुन्दर भबिष्यको बारेमा सोच्न थाले।
जनवरी १ तारेख आउन ५ दिन बाकी थियो, उनीहरुलाइ ५ दिन पनि ५ बर्ष जतिकै लामो जस्तो लाग्न थाल्छ। आज भोलि भन्दै १ तारेख पनि आइपुग्यो।दुबैजना नुहाइवरी लखनउको ( आर्मी) टुढिखेलमा सामेल भए।अरु पनि थुप्रै बेरोजगार युबाहरु पनि आएका थिए।दायाँ तर्फबाट हबलदार र हबलदार मेजरले लायक केटाहरु छान्दै आए।सैयोै केटाहरु फा लिए ।भाग्यबस ती दुई जना फालिएनन्।उनीहरुको खुसीको कुनै सीमाना थिएन।
त्यही दिनदेखि उनीहरु आर्मी क्याम्पमा बस्नु प- यो।१८ महिने तालीम शुरु भयो।अनेक दुख कष्ट भोग्दै एक सफल सिपाहीको लागि चाहिने सम्पूर्ण कठीन तालिम पूरा गरे।कम्पनि छुटाउने क्रममा उनीहरुको पल्टन 7/11 G.R. को C कम्पनीमा परेछ ।आमाबाबुले पनि नदिएको अस्लील शब्दहरु सुन्नु परेको थियो। उनीहरुलाइ यस्तो लाग्थ्यो कि दुखियालाइ जहाँ गए पनि सुख र सन्तोष कहिल्यै नमिल्ने रहेछ।तर बिचराहरु के गरून्। पेन्सन पकाउन बाहेक अरू कुनै बिकल्प नै थिएन।तीन बर्ष पछि पहिलो छुट्टी जादा प्रबिन को किराँती परम्परा अनुसार गाउमा बिहे भयो।तीन महिने छुट्टी सकिएपछि मन गरुङ्गो बनाउदै प्रबिन पल्टन फर्कियो। बेलाबेलामा समय मिलाएर छुट्टीमा गाउँ जाने आउने क्रम जारी रहयो।आजभोलि हुँदै १५ बर्ष पनि बित्यो । मान बहादुर पेन्सनमा घर फर्क्यो। प्रबिनले इमानदारीपूर्बक काम गरेकोले हवलदार दर्जा पाएको हुनाले उसको नोकरी अबधि बढेर २२ बर्ष पुगेको थियो।२२ बर्ष पछि प्रबिन पनि पेनसनमा आफ्नै गाउतिर फर्केर घरपरिवार छोराछोरीका साथ रमाएर जीवन बिताउने निधो ग- यो।डिसेम्बर ३१ तारेखमा प्रबिनको रिटाएर हुने दिन निश्चित भयो।पल्टनका सारा फोैजले उनको बिदाइको लागि बिदाइ समारोह कार्यक्रमको आयोजना गरे।ठूलाठूला अफिसरहरुबाट प्रशस्तै पुरस्कार पनि मिल्यो।पल्टनका साथीहरुसित फेरि भेट हुने वा नहुन्ने घिटघिटोकासाथ बिदा भइ प्रबिन आफ्नो प्यारो जन्मभूमितिर फर्क्यो।
केही दिनपछि प्रबिन गाउमा पुग्यो तर उसलाइ नरमाइलो महसुस भयो।उसको घरको कुनै निसान थिएन। गाउलेहरुको अवस्था ज्यादै नाजुक थियो।यो सम्पूर्ण बर्बादीको कारण जेठा मुखिया थियो।जेठा मुखिया त मरिसकेको रहेछ तर उसको छोरा लालेले बाबुको ब्यबहारलाइ एकरति तलमाथि नगरी एकछत्र रुपले बाबुले जस्तै अत्याचारको जालोफिजाउन सफल भएको रहेछ।प्रबिनलाइ धेरै रीस उठ्यो।बदला लिने भावना अझ प्रबल भयो।बदला लिन प्रबिन एक्लैलाइ सम्भब थिएन। गाउलेहरुको साथ सहयोगको खाचो थियो प्रबिनलाइ।गाउलेहरुको आँखा खोली गरीबमारा लालेलाइ गाउबाटै धपाइदिने निश्चय ग- यो।चोैतारीमा धेरैबेरसम्मको बसाइपछि कता जाने भन्ने दोधारमा प- यो प्रबिन। घर जाउ भने घर छैन। गाउकै लामासिंहको छोरी बिहे गरेको थियो प्रबिनले त्यसैले ससुरालतिरै जाने बिचार ग- यो प्रबिनले जहाँ उसको श्रीमती सानी र आफ्ना एक छोरा र एक छोरी थिए।प्रबिन ससुराली पुगी ढोगभेट गरि आराम गर्न थाल्यो।भोलिपल्टदेखि लाहुरे लाई भेट्न गाउका मान्छेहरु लामासिंहको घरमा जम्मा हुन थाले। सानीले प्रबिनले पल्टनबाट ल्याएको कोसेलीहरू बाढेर सबैलाइ दिन्थी। प्रबिनले लालेको बिरुध्दमा कुरा अगाडि बढाउन थाल्यो।पहिले त कसैले प्रबिनको कुरा पत्याएनन् तर पछि बिस्तारै बुझ्न थाले प्रबिनलाइ साथ दिने बिचार गरे। लामासिंहले छोरी ज्वाइको लागि काहुले बारीमा तीनतले घर बनाइ दियो जहाँ प्रबिनको परिवार बस्न थाल्यो।अब प्रबिन मूख्य काम गाउमा लालेको बिरुध्द गाउलेलाइ संगठित पार्नु थियो।गुमेको अधिकार फिर्ता लिनु , सैयोैलाइ किर्ते कागज बनाइ ऋणमा पारेको किर्ते तमसुक च्यात्नु र लालेलाइ गाउबाट धपाउनु नै मूख्य लक्ष थियो प्बिनको।सबै जना जागरुक भए अनि लालेको बिरुध्द आन्दोलन गर्ने दिन तय भयो। मान्छेहरु जम्मा हुन थाले हूल बढ्दै गयो।नारा जुलुस शुरु भयो।लाले भाग्छ भनेर बलिया यूबाहरु गएर लालेलाइ पाता फर्काइ बाधिसकेका थिए।लाले चोर – गाउँ छोड शोषक लाले- मुर्दाबाद अन्न्याय अत्याचार- मास्छोै मास्छोै खोसिएको अधिकार- ल्याउछोै ल्याउछोै सम्पू्र्ण गाउलेहरु – एक होै। भन्दै जुलुस एकैछिनमा लालेको घर पुग्यो।लालेको घर खानतलास गरि लाले र लालेको बाउले बनाएको किर्ते तमसुक च्यातच्युत पारी जलाइ दिए।लालेलाइ जुताको माला र कालो मोसो दली गाउँ घुमाइयो।
अबदेखि यस्तो कुकर्म नगर्ने, यस्तो व्यवहार दोहोरिएमा यो भन्दा कडा सजाय भोग्नुपर्ने कबलियतनामा बनाइ सहिछसप गराइ छोछिदिए।गाउलेहरुले प्रबिनलाइ फूलमाला र अबीर लगाइ दिए। सबै ठाउमा प्रबिनको प्रशंसा फैलियो।गाउलेहरू खुसी भए। शोषण दमन र सबै खाले अत्याचारको जालोबाट गाउलेहरुले मुक्ति पाए। लालेको सामन्ती सिंह भाचिएको उपलक्षमा भोजको आयोजना भयो। गाउलेहरु आनन्दपूर्बक बस्न थाले।

“कथा नितान्तै काल्पनिक हुन् कसैसंग मिल्न गएमा संयोग मात्रै हुनेछ।”

२०७४ साल चैत्र ८ गते बिहिबार,
चागुनारायण- २ झोैखेल भक्तपुर।

Leave a Reply

Your email address will not be published. Required fields are marked *