रचनाकाल २०५१/०४/२८
सपना होकि बिपना
देखे आज मैले कहिले नदेखेको
अचम्मको र भयानक सपना
किटेर भन्नै सक्तिन
यो सपना होकि बिपना।
चाहे सपना होस या बिपना
फेरबदल नगरी लेखिरहेछु
सपनारुपी मानसिक कल्पना ।
संसारलाइ नै कब्जा गर्न
तम्सिरहेको मेरो दिमाग
टक्क अडिएको हुन्छ ।
हजारोै साहित्य सृजना गर्न
लम्किरहेको मेरो कलम
अन्यासै रोकिएको हुन्छ।
सपनीमा संसारलाइ नजिकैबाट
हेर्न खोजिरहेको हुन्छु
साहित्यलाइ अंगालो मारेर
म्ववाइ खान खोजिरहेको हुन्छु ।
तर मेरो हातको अोैलाहरु नै
फतक्क गलेर फनफनी घुम्दै
कलम कापीमा खत्रक्क खसेको हुन्छ ।
मानोै म एउटा असफल पदयात्री झै
बेसुरमा यात्रा गरिरहेको हुन्छु
र मेरो यात्राको कहाली लाग्दो
बाटाहरुले मलाइ नै जिस्ककाइरहेको हुन्छ
अनि म एक तिरस्कृत र बहिस्कृत कबिको
रुपमा कबिताका हरफहरु कोतिरहेको हुन्छु
तर मेरै कबिताका पट्यारलाग्दो
हरफहरुले जिस्काइरहेको हुन्छ
म शान्त भएर मस्तिष्कको त्यान्द्रोलाइ
झकझकाएर सोधिरहेको हुन्छु
यात्रा सफल बनाउन खोइ कुन बाटो पक्रने
साहित्यको बीउ छरि सुनगाभा फुलाउन,
अनि सयपत्रि झुलाउन खोइ कुन बाटो रोज्ने?
तर गोबर भरिएको मेरो दिमागले
कुनै उत्तर दिन सकिरहेको हुदैन ।
म दोधारको जातोमा पिल्सिन पुग्छु
चारैतिर शून्यताले छाइरहेको हुन्छ
आफूले आफैलाइ झकझकाइरहेको हुन्छु ।
बेहोस भएर मूलबाटोको बीचमा
मेरो अर्धचेत शरीर लडिरहरको हुन्छ,
सम्झोैएक घायल प्रेमी बिछोडको
नसाले मसतिएर रयाल सिंगान चुहाइरहे जस्तै
एक परिश्रमी विद्यार्थी असफलताको
तीखो बाणले घोपिएर बीच बाटोमा
छटपटाउदै सफलताको पानी मागीरहेको जस्तै
तैपनि अर्धचेत मनको सिरसिरे हावाले
बेहोस भएर लडिरहेको मेरो शरिरलाइ
बिस्यारै चलबलसइदिएको हुन्छ
अनि म बेहोसीमा शब्दहरु बरबराइरहे को हुन्छु
हाय मेरो संसार हाय मेरो साहित्य भन्दै
मेरो दुबै हातले संसारको कोमल
छातीलाइ सुम्सुमाउन खोजिरहेको हुन्छन।
त्यस्तै साहित्यको लालीमय अोठलाइ
मेरो दुवै अोठले चुम्न खोजिरहेको हुन्छन
तर अफ्सोच! मायारूपी संसार
प्रेमरूपी साहित्य त्याहा हुदैन
म फेरी बेहोस भएर डङग्रङग लड्छु
आफ्नो अनोैठो दृष्य आफैले नै
सडकको एक छेउमा बसेर हेरिरहेको हुन्छु।
म जस्तै मेरो बेहोस अवस्थाको शरीरले
पानी पानी भनेर मागीरहेको हुन्छ,
म निठूरी झै ट्वाल्ल परेर हेरिरहेको हुन्छु।
म मा कुनै दया पलाएको हुदैन
त्यो बेहोस मेरो शरीरलाइ नाघेर
थुक्दै परको एक कुनामा गएर
निर्दयी आखाले हेरिरहेको हुन्छु।
मेरो बेहोस शरीरले मागीरहेको हुन्छ
एक घुट्को साहित्यिक पानी देउ
एक टुक्रा शानतिको रोटी फ्याकिदेउ
एक पित्को निस्पक्षताको अचार देउ
एक मूठा स्बतन्त्रतसको साग देउ
एक मूठी समानतको चामल देउ
अनि मेरो बेहोस शरीरले भनिरहेको हुन्छ
एेया एेया खप्नै सकिन
अति भो कोही डाक्टर छन भने दया गरि
म रोगीलाइ उपचार गरिदेउ
जातीय भेदभावकोज्वरोलेटाउको फुट्नै लाग्यो
अत्याचारको शूलले मुटुनै छेडिन लाग्यो
नाताबाद कृपाबादरूपी क्यान्सरले
मेरो घाटीलाइ छिनाल्नै लाग्यो
हेपाहा मिचाहरूपी किटाणुले
आन्द्रा चुडाल्नै लाग्यो
शोषणदमनको टाइफाइडले
एकमुठी दम पनि तोड्नै लाग्यो।
गुहार म दुखीमाथि दया गर
असहाय बेसाहारामाथि दया गर भन्दै
मेरो दुखित शरीर चिच्याइरहेको हुन्छ।
अझै पनि मभित्र दया पलाएको हुदैन
म ठिङ्ग उभिरहे म ङिच्च हासिरहे
मैले आफैले आफ्नो अर्ध लास सपनीको
शरीरलाइ रमाइ रमाइ हेरिरहे
आफैलाइ प्रश्न गरे दया गर्ने म को हु भनेर
ढुङगे छाती बनाइ मेरै बेहोस शरीरलाइ
छोडी माथि डाडामा चडेर हेरिरहे
मेरो बेहोस शरीरले केहो कुन्नी
रून्चे स्वरमा भनिरहेको हुन्छ
राम्ररी सुन्न सकिन तर एउटा वाक्य
भने बिर्सन सक्तिन
मलाइ छोडेर तिमी नजाउ
मलाइ बचाउ र बाच्न देउ
म सुनेको नसुनेझै उकालो चडिहेको हुन्छु।
टिंटिं हर्न बजाउदै पुलिसको भ्यान
मेरो बेहोस शरीरतिरै आइरहेको हुन्छ
के गर्दोरहेछ पलिसले भनेर ठिङ्ग उभिन्छु
पुलिसको भ्यान आइपुगेको हुन्छ
मेरो बेहोस शरीर अझै चिच्याइरहेको हुन्छ
भ्यान रोकिन्छ, पुलिसहरू अोर्ललन्छन
सायद पुलिसको ठूलै मान्छे होला
उसले निर्देसन दिएको प्रष्टै सुनिरहेको हुन्छु
जड्याहा ,दुर्व्यसनी ,जुवाडे ,चोेर
ठोक सालेलाइ थप्पड
अरू के चाहिन्थ्यो र? पुलिसले
दुइचार थप्पड जमाइसकेको हुन्छ।
बिचरा मेरो अपाङ्ग शरीरले
एेयामरेनी आमा भनेको मात्र सुनिन्छ
त्यसपछि कुनै आवाज सुनिदैन
मेरो मृतरूपी शरीरलाइ
भ्यानमा चढाइन्छ
टिंटिं गर्दै भ्यानले क्षितिजपारीको डाडा
काटीसकेको हुन्छ
आँखा तानेर टाडासम्म हेर्छु
तर केही पनि देख्न सक्तिन
चुइक्क कर्केको ढोकाको आवाजले
मेरो निद्रा भङ्ग पारिदिन्छ
म व्युझिन्छुु आफुलाइ अोछ्यानमा
पल्टिरहेको पाउछु
झट्टै भित्तामा अडाइएको
भित्ते घडिमा आँखा दोैडिन्छ
साढे छ बजिसकेको हुन्छ
हतार हतार ऊठेर आफ्नो
नित्य कर्म गर्न तयार हुन्छु
अनि राती देखेको सपना
सम्झिन खोज्छु
यर मैले ठम्याउनै सकिन
त्यो सपना थियोकि बिपना
त्यो बास्तनिक थियोकि कल्पना।
२०७५/०५/१५/
जनी कुमार राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर
यो कबिता लगभग २४ बर्ष अगाडि रचना गरिएको पाण्डुलिपि बाट ७५ सालमा पोष्टाएको छु सायद बर्तमान परिप्रेक्षमा सान्धर्भिक नहोला। २४ बर्ष अगाडि गएर बुुझिदिनु होला। र कमेेेेन्ट पनि
