जीवन के हो?
जीवन गाँस बाँस कपास सहबासको मिलन हो
बाचुन्जेल हास खेल रमाइलो मजा गर्नु पर्छ
मनको जुइनालाइ नबाधी पटक्कै
स्वतन्त्र रुपले चल्न दिनु पर्दछ
जे मन लाग्छ चल्न दिनु पर्छ
खानलाइ अन्न
बस्नलाइ घर
सहबासको लागि
मस्त योैवन
जोहो गर्नुपर्छ।
जीवन धन सम्पति दुखसुखको समिश्रण हो
अस्तित्व रहुन्जेल संघर्ष गर्नु पर्छ
आखाको नानीलाइ बन्देज नलगाइ
खुला रूपले हेर्न दिनु पर्छ
जे देख्छ हेर्न दिनु पर्छ
धन सम्पतिलाइ परिश्रम
दुखसुखलाइ आट भरोसा
ढृड संकल्प
गर्नुपर्छ।
जीवन बिगत बर्तमान र भबिष्यको रंगमंच हो
एकमुठी सास रहुन्जेल नाटक गर्नुपर्छ
कल्पनाको स्रोतलाइ नढाटी
स्वतन्त्ररुपले खुल्न दिनुपर्छ
जे कल्पन्छ कल्पन दिनुपर्छ
कल्पनालाइ फूल्न र खेल्न
रंगमंच निर्माण गर्नु पर्छ
नाटक मन्चन गर्नुपर्छ।
जीवन आँसु हासो रोदन हर्षको केन्द्र बिन्दु हो
आस रहुन्जेल बाच्न प्रयत्न गर्नुपर्छ
मुटुको ढुकढुकीलाइबिचलित हुन नदिइ
निर्बाध रुपले धडकिन दिनुपर्छ
शिरा धमनीमार्फत रक्त संचार गरिनुपर्छ
आँखा अोठ मुटु बीच मैत्री हुनुपर्दछ
बेदना सदाका लागि दविनु पर्दछ
दिमाग खुसीको लागि चल्नु पर्दछ
मुस्कान अोठभरि आउनु पपर्दछ
हर्ष मनभरि हुनुपर्छ
ढुक्क बाच्नु पर्छ
सगोैरब
जीवन यथार्त सम्बन्ध परिस्थितिको करार हो
बाध्यताको सिक्रिभित्र मजाले जकडिनु पर्छ
चेतनाको सबै ढोका बन्द गरि बस्नु पर्ने हुन्छ
लाखोै चाहनाहरु तुहाउनु पर्ने हुन्छ
परिबन्दको नाता जोड्नु पर्नेहुन्छ
पुराना चीज च्याप्नुपर्ने हुन्छ
थोत्रा बर्तन सम्हाल्नु पर्नेहुन्छ
पुर्खालाइ सम्झनु पर्ने हुन्छ
आत्मा जोगाउनु पर्ने हुन्छ
केवल अस्तित्वको लागि
सम्झोैता गर्नुपर्नेहुन्छ
बस।जनि कमार राई ( जोन किरात)
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर
मिति २०७५/०६/३१ गते वुधबार।
