चाहे तिमिले जिसस क्राइस्ट मान
यात ब्रम्हा बिष्णु महेश,
वा बुध्द मोहम्मदलाइ मान
तर मेरो बिश्वासको आधार,
मामच्युनि पापच्युनि सुम्निमा पारुहाङलाइ
गाली नगरीदेउ।
चाहे तिमिले चर्च मन्दिर चैत्य गुम्बा
यात मस्जिदभित्र पूजा गर
वा त्यसै हावामा प्रार्थना गर,
तर मेरो आस्थाको धरोहर
तोसिखोमभित्रको यूङकुली
तीर्थधाम तीनचूलोलाइ
अपमान नगरीदेउ
चाहे तिमिले बाइबल बेद पुराण
त्रिपिटक पोस्तक करानलाइ पढ
तर मेरो आस्थाको प्रतिबिम्ब
मुन्धुमलाइ नच्यातिदेउ नमासिदेउ
चाहे तिमिले क्रस मूर्ति त्रिशूल
यात अर्धचन्द्र चित्र
वा आकृतिलाइ पूजा गर
तर मेरो आस्थाको प्रतीक
पीता पुर्खा तीनचुलोलाइ
नउखेलीदेउ
चाहे तोमिले जेरुसेलम पशुपति केदारनाथ
यात मक्का मदिनालाइ तीर्थधाम ठान
तर मेरो आस्थाको केन्द्रबिन्दु
तयाजुङलाइ प्रदुषित नबनाइदेउ
चाहे तिमिले पिर्खाको आत्मा भेट्न
हेभन स्वर्ग वा कुनै ठाउको कल्पना गर
तर मेरो आस्थाको राजधानी
बोल्योमदेल कटुन्जेलाइ
तिरस्कार नगरीदेउ
चाहे तिमिले इशाइ हिन्दू
यात इस्लाम बोैध्द धर्मलाइ मान
वा कनै धर्म मान्दै नमान
तर मनले रूचाएको
मुन्धुमी किरात धर्मलाइ
कहिल्यै हस्तक्षेप नगरिदेउ
जे धर्म मान्छोै मान स्वतन्त्र छ
संबिधानले धार्मिक अधिकार दिएको छ
सबै धर्म समान छन
प्रचार गर तिम्रो धर्म तिम्रै लागि
तर मेरो धर्मलाइ मात्र नभइ सवैलाइ
नानाभाती बेकसुर गाली नगर
सायद तिम्रो धर्ममा मृत्यु बिरामी नहोला
काम गर्नु पर्दैन होला, प्रभुले सबै पुराइदेला
जीवन तिम्रो अजम्बरी होला
तिम्रो कुटिल भाषाले मेरो मन छुदै छुन्न
मलाइ कुनै लोभ लालचले छुदैछुन्न
आउ पाहुनासरीमेरो घरमा बस खाउ सुत जाउ
तर मेरो परिवार पित्रि नरनातालाइ
चित्त दुखाउने गरि चोरझै कहिल्यै नआउ
बिजातीय कर्मकाण्ड गर्नु संस्कार कुल पित्र
धर्म ड्यूम्ला रिद्युमलाइ बलत्कार गर्नु सरह हो
धर्म आस्था रितिरिबाजलाइ छोडनु भनेको
आफ्नै जन्म दिने आमा बलत्कार गर्नु सरह हो
त्यसैले मैले मेरो बाजे बराजुको अब्बल धर्म
संस्कार रीतिरिवाजलाइ परिवर्तन गर्नु छैन
आमाको बलत्कार सरहको कार्य गर्नु छैन
मलाइ मेरै तोसिखोमको धेरै माया छ
मेरै तीन चुलोको धेरै महत्व छ
उभोैली उद्योैलीको अोैधी माया छ
मति भ्रष्ट पार्ने कामको कुरै नगर
जाति मास्ने भाषा मास्ने लोली बोली निमोठ्ने
कुलपित्र खत्तम पार्ने बिनासकारी कुरै नगर
सक्छोै पुर्खाको सम्मान गर्न सिक
मातापिताको अपमान नगर
बिदेसीको गुलाम बन्न छाड
आफ्नो अर्गानिक पहिचान बारे बुझ्न सिक
आफ्नो अस्तित्व आफैले निमिट्यान्न नपार
तिम्रो आन्द्रामा जाडको लेउ अझै बाकी छ
तिम्रो दातमा आठाने पुर्बे पूजा गर्दाको
सूंगुरको मासु अडकिएको अझै बाकी छ
तिम्रो स्वासनलीमा रक्सीको गन्ध अझै आउदैछ
तिम्रो नसामा तोङमाको रस अझै बगिरहेछ
छाडी ती सबै बकबास ब्यर्थैमा अरुलाइ
बिगार्ने काम अब कहिल्यै नगर
नबनाउ कहिल्यै आफन्तको मनलाइ बगर
आउ हातमा हात काधमा काध सबले लगाउ
बोकुली नेवाली जिमारी माङछारी जाउमा ख्लिउमा खोक्चिलिप सबै खुसी बनाउ
तोसिखोम भुमे देवामाताको ईतिहास बचाउ
पहिचान बचाउ आफ्नोपनको बिकास गरोै
संगै हिडोै हासोै बसोै खाउ रमाउ संगै मरोै
परम्परा ईतिहास परिश्रम पुर्खाको संरक्षण गरोै
बिगतदेखि बर्तमानको अस्तित्व जोगाउन
आउ पहिलेझै सास फेर्न बोल्नर मन बचाउन
छोडोै लात हान्न र आफैलाइ खुइलाउन
आफ्नो फूलबारी अबदेखिआफैले गोडोैन।
जनी कुमार राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर
मिति:-२०७५/०७ /१० शनिबार।