लघुकथा-२

लघुकथा.२

ठिमीको केटा र भक्तपुरको केटीसंग एकदम गहिरो माया पिरति बस्छ।केटा एकदम सोझो हुन्छ।केटाले बाबू आमाले भनेको राम्रै मान्थ्यो। बाबुआमाको राम्रै हेरचाह गर्ने माया गर्ने दुख नदिने राम्रो आचरण र ब्यबहारको थियो। पढाइ पनि राम्रै थियो।केटि पनि झट्ट हेर्दा बाहिरि आवरण राम्रो र आकर्षक नै देखिने भएकोले जो कोहि पनि आकर्षित नहुने कुरै भएन तर केटीमा आफू खानदान परिवारको र ठूलो जातको अनि साहु बर्गको हो भन्ने घमण्डले कुत्कुताएको भान हुन्छ। जे जस्तो भए पनि केटा र केटीबीच छुटाउनै नसकिने माया प्रेम बस्यो।केटाले केटीलाई छोड्न नसक्ने केटीले केटालाइ छोड्न नसक्ने अवस्थमा पुगेपछि छोराको खुसीको लागि केटाको बाबुआमाले बिबाह गरिदिन्छन् हुन त विभिन्न ठाउबाट राम्रो परिवारबाट कुरा नआएका होइन।उनिहरुको बिहे राम्रैसंग कुनै कमि हुन नदिइ धक फुलाएरै गरिदिए।बिहे भएको ६,७ दिन पछि देखिनै त्यस्तो सोझो छोराले बाङ्गो कुरा गर्न थाल्यो।सम्पूर्ण श्रीसम्पति बुहारिको नाममा गरिदिनुपर्ने भन्दै केटाले बाबुआमालाइ किचकिच गर्न थाल्यो। केही समयपछि कचकचमात्रै होइन स्वास्नीको मुखमा लागेर ती बृध्द बाबुआमालाइ कुटपिट पनि गर्न थाल्यो।धेरैपटक पुलिस केस पनि भइसक्यो।धेरै पटकको छोराको कुटपिटपछि पनि आमाबाबुले बुहारीको नाममा घरसम्पति पास नगरेपछि त्यो परिवारको एक्लो छोरो भएपनि जोइटिङ्ग्रेले स्वास्नीको कुरा सुनी बाउआमालाइ छोडी दुई जोइपोही कोठा खोजी छुट्टेै वस्न थाले।बुढेसकालका बाबुआमा रुदै बसेकाछन।जीवनको एउटैमात्र सहारा सम्झेका छोरालाइ ती बृध्द बाबुआमाले निरास भएर भन्छन हाम्रै कोख बेमान रहेछ। हाम्रै ममता खोटो रहेछ।बाबुआमाबाट सम्पति हडपिएर छुट्टै बस्ने उदेश्य पूरा नभएपछि सम्पति छुटाइपाउ भनी अदालतमा मुद्धा दायर गरेकाछन छोराबुहारिले।बाबुआमा के भन्छन भने दाइ छैन भाइ छैन दिदी बहिनी छैनन यी सबै तेरै हो किन अंश छुटाउनु प-यो।त्यसतो सोझो छोरा वुहारीले गर्दा एकदम बदमास भएको छ स्वास्नीको कुरा सुनेर। बाबुआमालाइ कुटपिट गर्ने, मुखमुखै लाग्ने, जथाभावि बोल्ने।हाल अदालतमा मुद्धा खेपिरहेका छन। सन्तान थरिथरिको भन्दा पनि एक्लो छोराको चर्तिकला बढो गजबको छ।

जनिकुमार थुलुङ राई
थुलुङ दूधकोसि गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर
मिति:-२०७६/०७/०७ बिहिबार
समय:- ठीक १२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *