कोरोनाको कहर


कोरोनाको कस्तो गाह्रो कहर
कसैलाइ हुन्न अकालै मर्ने रहर
मानवरहित भएको छ यो सहर
बाच्न साबधान हुनुपर्ने छ ठहर
अनुशासित हुनु कोरोनैआउनु पर्ने
समाप्तै हुनु पर्छ अनुशासन तोड्ने
महामारी हो मानव संसार नास गर्ने
मानबलाइ अनजानै पाठसिकाउने
कोरोनाको लक्षण रुघा खोकि ज्वरो हो
नियम नमान्नेको परिणाम मृतु शैयानै हो
आफू बचि अरुलाइ बचाउनु पर्छ सबले
केही हुन्न देसमा गफाडिको फोस्रो गफले
केही हुन्न यहाँ मानवता हराको देसमा
चासो छैन कसैको यहाँ नेपाली भेषमा
पचाउन गाह्रो सत्य कुरा यो देसमा
हाल्नै पर्ने सप्तरंगी रंग पनि केसमा
भाषा धर्म संस्कारको माया होलाकी
कोरोनाको कहरले अलिकति छोलाकी
सत्य कुरा महसुस गर्ने बेला आयोकी
कोरोनाले बुध्दिको बिर्को खोलि देलाकी
राको बाली आयो कोरोना चारैतिर
कोरोनाले देखाउदैन करुणा कसैतिर
दसै भयो मूर्खहरुलाइ मोज सबैतिर
चिन्ता छैन कसैलाइ जीवनको खातिर

२०७६ साल चैत्र १६ गते आइतबार
लक डाउनको छैटोै दिनको बसिबियालो

Leave a Reply

Your email address will not be published. Required fields are marked *