Nepali poem jani kumar rai

जाँड रक्सी खानु हुन्न ज्यान यसले लिन्छ

जाँड रक्सी खानु हुन्न ज्यान यसले लिन्छ
सुख शान्ति यसले साथी सबै हाम्रो छिन्छ

चुरोत खैनी खानु हुन्न बर्बाद यसले पार्छ
नपाइ थाहा यसले हाम्रो पैसा स्वाहा पार्छ

रोगको शिकार बन्नु पर्छ जाँड रक्सी खाँदा
पाइन्छ मुक्ति नर्कबाट चुरोट खैखी छाड्दा

जुवा तास खेल्नु हुन्न कंगाल पार्छ यसले
हत्या गर्छ आफ्नौ सन्तान जुवाडे हातले

निधो गरौ जाँड रक्सी तास छाड्नलाई
खोजौ बाटो सुख शान्ति मुक्ति पाउनलाई

जनि कुमार राई
२०५५।०३।१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *