Jani Kumar Rai

मत मान्छे तिमी जस्तै तिमी पनि मान्छे

मत मान्छे तिमी जस्तै तिमी पनि मान्छे
दुबै मिली बन्न सिकौँ हुन सच्चा मान्छे

दुःख उस्तै दर्द अति पीडा पनि उस्तै
बाँचौ सँगै दुःख सुख आपसमा बुझदै

बढौँ अघि मिलाइ हात आँशु सको पुच्दै
इच्छा शक्ति हुन्छ हाम्रो सबको फेरि उस्तै

राख्नु हुन्न वैरभाव रत्तिभर मनमा
सबै कुरा खोज्नु हुन्न सम्पक्ति र धनमा

सिक्नु पर्छ बोल्न मनि मावताको बोली
त्यो बोलीमा रहनु हुन्न दर्दभय गोली
जनि कुमार राई
२०५५।०३।१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *