राम बहादुरको न्याय
खुला मैदानमा दुई चार जना मानिसहरूको समूहमा खैलाबैला भइरहेको हुन्छ। सबै आक्रोसित देखिन्छन। यतिकैमा एकजना मानिस जमातमा आइ आक्रोश पोख्न थाल्छ।
मानिस: लोै देख्नुभो गिध्द बहादुरको दुस्साहस।त्यसले हाम्रो सामाजिक घरलाइ एकलोैटी बनाउन खोज्यो। त्यसको बिरोध ग-योैं । घरको खम्बा बेच्न खोज्दा पनि बिरोध ग-योैं।हेर्नोस आज त्यो घरै भत्काइ दियो; के अब हामीले टुुलुटुलु हेरीराख्ने ? म त सक्दिन।
समूह: चूप लाग्नु हुन्न। हामी एकजुट भएर त्यसको बिरोध गर्नुपर्छ।
मानिस: भोलि त्यसले हाम्रो समाजलाइ नै बेचिदिन सक्छ, हाम्रो पाटी पोैवा र चोैतारीलाइ भत्काइदिन सक्छ।
जगत: हो हाम्रो समाजका सबैलाइ बीष ख्वाइदिन सक्छ। त्यसैले गिध्द बहादुरलाइ तह लगाउनु हाम्रो मूल कर्तब्य हुन आउँछ।गिध्द बहादुरलाइ तह लाउन संयुक्त मोर्चा मार्फत जनसंघर्ष गर्नुपर्छ।
समूह मध्य एक:( उठेर) हो हामीले फुटेर होइन जुटेर जनसंघर्ष गरि गिध्द बहादुरलाइ सजाय दिनु पर्छ
मानिस: अब हामीले संयुक्त मोर्चा आजै बनाउनु पर्छ। उ हेरत माने नरे रअग्नी पनि यतै अाउदैछन् आजै कुराकानी शुरु गरोै।( उनीहरु आउछन र बस्छन) ।
चन्द्रे:तपाइहरु सबैलाइ थाह भएकै कुरा हो गिध्द बहादुरले हाम्रो सामाजिक घर भत्काइसकेकोछ। हामीले त्यो घरको बारेमा सोच्नु प- यो।
जगत: हामीले त्यो घर पुनर्निमाण गर्नुपर्छ।त्यो गिध्द बहादुरलाइ डाडा कटाइदिनु पर्छ। संघर्षको संखघोष गर्नुपर्छ।
माने: कम्तीमा हाम्रो अन्य उदेश्यहरु नमिलेतापनि गिध्द बहादुरको अत्यचार बिरुध्द एक भइ संघर्ष गर्नु पर्छ।
चन्द्रे: गिध्द बहादुर पछि बलियो र शक्तिशाली हामी हुदाहुदै गिध्द बहादुरले त्यो घर भत्काउन मिल्दैनथ्यो।त्यसले ठूलो गल्ती गरेको छ। हामीले उसको कुकार्यलाइ माध्यम बनाएर यो समाजमा हुने चुनाबमा प्रमुख मुध्दा बनाउनुपर्छ।
पाण्डब: हामीले पनि यो घरमा बसेर धेरै बर्ष नै खुट्टा हल्लायोैं तर गिध्द बहादुरले जस्तो ठाडै घाँटी निमोठ्ने काम भने गरेनोेैं।घाँटी नै निमोठे पनि कसैले चाल पाउदैनथे।समाजका हरेक मानिसको आखामा पट्टि बाधेको कसैलाइ थाहहुन्नथ्यो तर गिध्द बहदुर ले त्यस्तो गर्न सकेन।
जगत: आफ्नो समाजको रक्षाको लागि दुस्मन चिनेर मिल्नसक्नेसम्म जनसंघर्षको लागि एक हुनुपर्छ।जनता लाइ प्रशिक्षण दिनुपर्छ।त्यो प्रशिक्षण भनेको जनसंघर्ष हो।
अग्नि: आमूल परिवर्तनका लागि जनसंघर्ष हैन क्रान्तिको ज्वारभाटा ल्याउनु पर्छ। गुलेली ुहान्न जानेकै छैनभने पनि युध्दको पाठ घोकाउनु पर्छ। प्रशिक्षण दिनु, शिक्षा दिनु भनेको शंसोधनबादी पलायनबादी त बिसर्जनबादी नीति हो।
जगत: युध्दको लागि प्रशिक्षित जनताको अभावमा असम्भव छ।सशस्त्र संघर्षका लागि जनताको संघर्ष आवश्यक हुन्छ।
माने: हाम्रो मूल उदेश्य गिध्द बहादुरको मालिकको सेखी झार्नु हो।यो उदेश्य प्राप्तीको लागि पनि जगत बहादुरको जनसंघर्ष नै चाहिदो रहेछ भन्ने कुरा हामीले महसुस गरिसकेका छोै।त्यसैले संयुक्त मोर्चामा सामे ल हुन हामीले पूर्ण बिश्वासका साथ सहमति दिनछोै।
अग्नि: यो जगत बहादुर भएको ठाउमा हामी बस्दैनोै हामीले हाम्रो कार्यक्रम आफ्नै किसिमले तय गर्नेछोै।( अग्नि जान्छ)
नरे: ( धेरैबेरको मोैनता भंग गर्दै) गिध्द बहादुरले घर भत्काउनु भनेको नियमभित्रकै कुरा हो।प्रजातान्त्रिक समाजमा यस्तो हुनु सामान्य नै हो।फेरि यो चन्द्रे भकोठाउमा हामी बस्न सक्दैनोै। हामी गिध्द बहादुरको बिरोध वा समर्थन केही गर्दैनोै।( जान्छ)
( जगत, चन्द्रे, माने, र अरू मानिसहरु मिलेर संघर्ष समिति गठन गरि संघर्षको कार्यक्रम तय गर्छन्।
कंस: ए तिमिहरु गिध्द बहादुरको बिरोधमा उत्रन लागेका होै।तिमिहरुलाइ ठीक पार्न मैले जानेको छु।बन्दुक गोलीको अगाडि तिमिहरुलाइ कुनै पर्बाह छैन।( कंस जानछ)
चन्द्रे: अब के के कार्य क्रम बनाउने तय गरोै।
जगत: हाम्रो सामाजिक घरलाइ सर्वप्रथम अस्तिवमा ल्याउनुपर्छ।
मानिस: राम बहादुर यो समाजको मर्यादित र गन्यमान्य ब्यक्ति हुन्।उनले समाजको भलाइको लागि सत्यको वचन दिन सक्छन त्यसैले हामी राम बहादुर दाइसंग न्याय माग्न जानू पर्छ।
चन्द्रे: त्यसो भए किन ढिलो गर्ने आजै रामबहादुर दाइलाइ भेट्न जाउ बिश्वास छ हामीलाइ निरास बनाउनु हुन्न। समाजको पक्षमा न्याय दिनेछन्।
जगत: जुलुस सहित नारा लाउदै जानुपर्छ।जनताको आक्रोश सडकमा पोखिन दिनु पर्छ।( यतिकैमा प्लेकार्ड बोकेका युवाहरु आइपुग्छन र नारा घन्किन थाल्छ।
गिध्द बहादुर – मुर्दाबाद
सामाजिक घर- गिध्द बहादुरको पेवा होइन
सामाजिक घर- पुनर्जिबित गरोै।
जनसंघर्ष- जिन्दाबाद
जनता जनता- एक होै
( जुलुसको अगुवाइ जगत चन्द्रे माने रानिसले गरेकाछन्)
जगत: अब हामी राम बहादुर दाइको घर जानुपर्छ।( नारा लाउदै राम बहादुरकहा पुग्छन्।पर्दा बन्द केही समयपछि पर्दा खुल्छ।)
( राम ब टेबलमा केही लेखिरहेका छन् ।त्यहीबेला जुलुस आइपुग्छ। जुलुसको अगुवाइ गर्नेहरु राम ब को अगाडि गएर निबेदनपत्र दिन्छन्।)
राम ब: योे के हो?
जगत: गिध्द बहादुरले साजिक घर भत्काएकोले उसको बिरुध्द निबेदन हो हजुर।
चन्द्रे: सच्चा न्याय दिनुहुन्छ भन्ने बिश्वासकासाथ तपाइसंग दुख पोख्न आएका होै हजुर।
राम ब: ए गिध्द ब ले घर भत्काएको कुरा त थाह थियो तर फुर्सद नभएर बिधान हेर्न पाएको छैन दुई चार दिन ला ग्छ धैर्यपूर्बक प्रतीक्षा गर्नु होला।
माने: त्यो बिधान बनाउने मध्य एक तपाइलाइ पनि बिधान हेर्नू पर्छर?
राम ब: यो निबेदन यही छाडीराख्नुहोस। एक हप्तापछि आउनुहोस। सबै फर्कन्छन।(पर्दा बन्द)
केही समयपछि पर्दा खुल्छ।टेबल कुर्सी सजिएको हुन्छ।भुइमा सुकुल बिछ्याइएको छ।जुलुस फेरि राम बहादुरको घरमा आइपुग्छ र राम बहादुर पनि आएर कु र्सीमा बस्छ ।माने जगत चन्द्रे र मानिस सुकुलमा बस्छन्। अरु ऊभिएरै कुरा सुनिरहेका हुनछन्।
राम ब: तपाइहरुको निबेदन र समाजको बिधान दुबै गहन अध्ययन गरे।बिधानले ब्यबस्था गरे बमोजिम गिध्द बहादुरले चाहेको बेला घर भतकाउन पाउने अधिकार भएकोले सामाजिक घर पुननिर्माण गर्न सकिँदैन।( रा म बहादुरले निर्णय सुनाइसकेपछि घर बा हिर जान्छ अरु चकितपर्दै राम ब को निन्दा गर्छन।)
चन्द्रे: राम बहादुर जस्तो न्यायमूर्तिले समेत गिध्दबहादुरको बचाउको पक्षमानै फैसला गरिदिन्छ भने हाम्रो के लाग्छर?
जगत: हामी यसरी निरास भएर होइन संगठित भएर जनतालाइ सचेत र प्रशिक्षित बनाउदै जनताहरुको सक्रियतामा जनसंघर्षबाट गिध्द बहाुरलाइ पदच्युत गर्नुपर्छ।
माने: अर्को पटकको संघर्षले निर्णायक भूमिका निभाउनेछ।
जगत: त्यो जनसंघर्षले गिध्द बहादुर र उसको मालिकको समेत अस्तित्व मेटाइदिनेछ।
(पर्दा बन्द)
यो नाटक २०५१/०६/ ०२ मा लेखिएको हो। यसर्थ बर्तमान परिपेक्षमा समय सानधर्भिक नहोला।
२०७४/०९/०९ आइतबार
