कबिता

रचनाकाल२०५२/०६/१८
जोनकिरात( जनिकुमार राई)
आइदिएछोै बिहानी तिमी सपनी भइदिएर

आइदिएछोै बिहानी तिमी बैशले मातिएकी
उछ्रिङ्खल युवती झै मसक्क मस्किएर
आइदिएछोै बिहानी तिमी सुगन्धले छरिएकी
लोभलाग्दो फूल झै ढकमक्क फुलिदिएर

पूर्बमा लाल किरण छर्ने बाचा बन्धन गर्दै ; पर क्षितिजबाट कमिलाको तातीलाइ आश्वासनदिएकी थियोै।
प्रत्येक को गोलाभित्र आहारा पु- याइ दिनछु भन्दै;
रातपछिको प्रभातसंगै बिश्वासको मिठाई सबैलाइ बाडेकी थियोै।

तर बिहानी तिमी त पद र शक्तिले मातिएको
बोैलाह नेता जस्तै बदमास रषड्यन्त्रकारी तहेछोै
चुनाबको बेला कुर्सी प्राप्तीको लागि तातिएको
धोकेबाज नेताको आश्वासनको पोको जस्तै रहेछोै

सत्यको पक्षमा गोली खान तयार भएकी बिहानी
तिमी त बदमासहरुको टेक्ने लठ्ठी पो भइदिएछोेै
अपाङ्गहरुको बैशाखी भएर आउन लागेकी बिहानी
तिमी त राक्षसहरुको बन्दुक र गोली पो भइदिएछोै।

सेतै केस फिलेकी आमालाइ पनि ढाटीछोै
तोते बोली बोल्ने छोरालाइ पनि मख्ख पारीछोै
रक्ताम्मै रहतको आहालमा पनि होली खेलीछोै
अंकुराएको आशाको बिउलाइ पनि खरानी पारीछोै

रावणको पंजाबाट मुक्ति पाउनलाइ
साना कमिलासंग गुहार मागेकी थियोै
भष्मासुर दैत्यको अत्यचार निर्मुल पार्नलाइ
निरीह कमिलालाइ पनि साथ लिएकी थियोै

मुक्ति पायोै रावण र भष्मासुर दैत्यबाट
उदायोै तिमी कालो बादलको मध्य भागबाट
हटसयोै केही दिन कालो अन्धकारको रात
तर दियोै परिऋमी कमिलाको छातीमा ललात

त्यसैले,
आइदिएछोै बिहानी तिमी मदिरले मा तिएको
जड्याहा मानिस जस्तै मदिरालर लट्ठ लाट्ठिएर
आइदिएछोै बिहानी तिमी निद्राले छोपिएको
आशाको बिन्दु झै असफल सपनी भइदिएर
२०७४/९/ १०

Leave a Reply

Your email address will not be published. Required fields are marked *