रचनाकाल २०५०/०७/२४
जोनकिरात= जनिकुमार राई
क्रान्तको लागि बढ्नु छ भने
संघर्षको मैदानमा उत्रनु छ भने,
हातलाइ भन्दा पहिले दिमागलाइ
शसस्त्र गर्ने गर ।
संगठन निर्माणमा बढ्नु छ भने,
सिध्दान्तलाइ भन्दा पहिले ब्यबहारलाइ
कसीमा घोट्ने गर।
जनमुक्तिको नारा दिनु छ भने ,
अरुलाइ भन्दा पहिले आफूलाइ
प्रशिक्षित गराउने गर।
समानताको लागि लड्नु छ भने,
समाजलाइ भन्दा पहिले परिवारलाइ
परिवर्तन गर्ने प्रयास गर।
जनताको निम्ति बढ्नु छ भने ,
निर्देशन दिनु पहिले जनता को
घरदैलोमा पुग्ने आट गर।
प्रगतिको लागि बढ्नु छ भने,
अरूको दोष देखाउनु पहिले आफ्नो
गल्तीलाइ स्वीकार्ने गर।
समाजलाइ परिवर्तन गर्नु छ भने,
अरूलाइ भन्दा पहिले आफूलाइ नै
परिवर्तन गराउने गर।
क्रान्तिको लागि बढ्नु छ भने,
भाषण गर्नु भन्दा पहिले जनतालाइ
प्रशिक्षण दिने गर।
२०७४/०९/०६