रचनाकाल २०५४/०२/१५
जोन किरात = ( जनीकुमार राई)
आजभोलि के भयो कुन्नी राम्रो बोल्न पटक्कै नहुनी
हर्के भनी बोलाउदा बोल्दैन ह्यारि भन्न यो मनै मान्दैन
सकली र नकली थाह छेैन एउटी नल्याइ बज्यालाइ भा छैन
नले भन्दानी मान्दैन लेखापढी फिटिक्क जान्दैन
पढ्ने बेला केटीको पछाडी बैँस बित्यो अन्धकार अगाडि
कोरी बाटी चुलठी साथीको कानमा मुन्द्री बिजोग छ काजीको
रीतिरिवाज बीस भयो मोरालाइ छडके मुक्का देखाउछ ससबैलाइ
पर्नु पीर परयोनी बाबालाइ, धम्की दिन्छ छोराले आमालाइ
भाइबहिनी रुवाउछ दिनको दिन, पैसा माग्छ मोराले छिनको छिन
छिमेकीलाइ धारे हात लाउछ, उजुर गरे चिरपटले ठट्याउछ।
यो गीत मोहन भुसालद्वारा गाइएको र तिम्रो आँखा एलबममा समाबेस छ।