रचनाकाल २०५२/०७/१५
जोनकिरात ( जनिकुमार राई)
जति हेरयो उति हेरोै लाग्ने तिम्रो आँखा
जति बुझ्यो उति नबुझिने तिम्रो आखाको भाका
ती मिर्ग रूपी नयनले घायल बनायो मलाइ
पोल्छ मुटु मेरो सुन्दरताको ज्वालाले जलाइ
चन्द्र रूपी मुहारले पागल बनायो मलाइ
जति हेरयो…………
सून जस्तै केस तिम्रो रूप अझ राम्रो
कमल जस्तै आेठ तिम्रो नयन झनै राम्रो
झरना जस्तो परेली तिम्रो निधार झनै राम्रो
यो गीत मोहन भुसालले गाईएको र यही गीतको बोलबाटै तिम्रो आँखा एलबम निकालिएको र तत्कालीन समयमा यो गीत हिट्स एफ एम मा आठ पटक प्रथम हुन सफल र यही गीतले मोहन भुसाललाइ चर्चित र सुपरस्टार बनाएको थियो।