छोरा हुं म
स्वदेसी भूमिमा जन्मी स्वदेसमै हुर्किएको,
नेपाल आमाको हजारोै लाखोै मध्य एउटा,
करोडोैं आस्था र बिश्वास बोकेको,
धर्तिको छातिमा मुस्कुराउने छोरा हुं म।
धर्तिकै साग र सिस्नु खाइ बाचेको,
नदी र तालको अमृत जल पिउने मध्य एउटा,
भोक र प्यासले लगभग ढल्न लागेको,
आकासको छा नामुनि हासिरहने छोरा हुं म।
हजारोै उकाली र अोरालीमा बिसाउदै,
भन्ज्याङलाइ पार गर्ने बटुवा मध्य एउटा,
थकाइ मार्न चोैतारीको शीतल खोज्ने,
भीर पाखालाइ माया गर्ने छोरा हुं म।
गुन्द्रुक र फारो अनि ढिडोले पोसिएको,
हिमालको पानी पिएर बाच्ने मध्य एउटा,
बिश्वासको शिखर चड्न तम्सेको,
सगरमाथालाइ हसाइराख्ने छोरा हु म।
लुम्बिनिमा जन्मी गयामा हुर्किएको,
शान्तिको प्रकाश बिश्वमा फैलाउने मध्य एउटा,
बुध्दको सन्देस संसारभर बोक्न अघि बढेको,
गुरुको आज्ञा पालन गर्ने भिक्षु छोरा हुं म।
तराइको फाटमा धोतिको फेरमा रमाइ हुर्केको,
नेपलीहरुको इतिहासका पानाहरु मध्य एउटा,
यथार्थ घटनाहरुको कथा बस्तु बोेकेको,
सत्य वचन अोकल्न खोज्ने छोरा हुं म।
नेपालको मुहार शत्रुको जालबाट बचाइ,
नेपालीको नाम बिश्वमा चम्काने मध्य एउटा,
वीरहरुको साहस अनुसरण गर्देेै अघि बढेको,
क्रान्तिको ज्वाला बोक्ने नेपालको छोरा हुं म।
जनी कुमार राई
चागुनारायण-२ झोैखेल, भक्तपुर।
२०७५/०१/०८ / शनिबार