“नारीको आह्वान”

रचनाकाल:-२०५१/०६/२०

“नारीको आह्वान”

 

नारी कुनै दराजमा सजाएर राख्ने
बिलासी बस्तुको प्रतीक होइन
नारी कुनै समाजमा दासी भएर बस्ने
पुरुसहरुको खेलोैनारुपी बस्तु पनि होइन

नारी देस र जनताको निम्ति लड्ने
वीर योध्दा जन्माउने पबित्र आमा हुन
नारी अन्याय अत्याचारको बिरुद्ध विस्फोट हुने
साहसी अपरिहार्य अकाट्य र अजय शक्ति हुन

नारी पुरुषलाइ खुसी पार्ने
मनोरञ्जनको साधन पनि होइन
नारी बिदेसमा निकासी पैठारी गर्ने
अपराधीको लागि कच्चा पदार्थ पनि होइन

नारी युध्दको दलदले मैदानमा गुड्ने
रथको दुई पाङग्रा मध्य एक बलियो पङग्रा हो
नारी देसका करोडोै सन्ततीलाइ शिक्षा दिने
अनुभबी बिश्वासी र योग्य शिक्षिका पनि हो

त्यसैले
आज हरेक नारी जागी उठ्नु परेको छ
खोसिएको हक अधिकार फिर्ता लिनु परेको छ
नारीलाइ शोषण गर्ने दुस्मनलाइ चिन्नु परेको छ
काधमाकाध मिलाइ जनसंघर्ष थाल्नु परेको छ

यसर्थ
आउ जागोै उठोै संघर्ष गर्नलाइ
कम्बर कसोै दुस्मनको घेरा तोड्नलाइ
हिम्मत गरोै कुसंस्कारको जालो च्यात्नलाइ
साहस गरोै कुरीतिको साङ्गलो फाल्नलाइ।

आजभन्दा २३ बर्ष अगाडि तत्काली परिबेसमा रचना गरिएको कबिता सान्धर्भिक नहोला सोही अनुरुप बुझेर मनन गरिदिनु होला

जनी कुमार थुलुङ राई( जोन किरात)
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर ।

मिति:-२०७५/०७/२५ गते आइतबार बेलुकी ९ बजे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *