कबिताको शीर्षक “दृष्टि”

रचनाकाल:-२०५०/०७/२७
” दृष्टि”

त्यो कठाङ्ग्रिने जाडोको याममा
सडकको पेटीमा सुत्ने बालकको
आत्माभित्र एउटा चीत्कार सुने मैले।

त्यो जुटको पुरानो बोरामा
सहारा लिन पुगेको बालकको
एउटा यथार्थ चित्र देखे मैले।

त्यो प्वाल परेको झुत्रो कपडामा
सन्तुष्टि प्राप्त गर्ने बालकको
इतिहासको पाना पल्टेको देखे मैले।

त्यो लट्टा परेको फोहोर कपालमा
हजारोै दुख सहने बालकको
एउटा निस्बार्थ भावना देखे मैले।

त्यो होटेल र रेष्टुराको जुठ्यानमा
गिलास माझी पेट पाल्ने बालकको
मुहारमा करूणा र रोदन देखे मैले।

त्यो बादर लड्ने भीरपाखामा
डोको बोकी घाँस काट्ने बालकको
भावनाभित्र निरासाको संकेत पाए मैले।

त्यो निशाहाय हजारोै आखामा
हजारोै आकांक्षा बोकेको बालकको
हृदयमा सत्यको अंश हासेकोपाए मेेैले।

त्यो दुई कोष टाढा पर्ने धारामा
लाम लागि पानी ल्याउने बालकको
थाप्लोमा बज्रपात परेको देखे मैले।

हजारोै बालबालिकाको
हजारोै दुर्दशा देखे मैले
हजारोै क्रन्दन देखे मैले।

जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर।
मिति:- २०७५/०८/०५ गते बुधबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *