कबिता

जोनकिरात( जनिकुमार राई)
मान्छे हुं म
जति तनाव दिए पनि हुन्छ
फलामले बनेको टाउकोमा,
सहन सक्ने क्षमता छ
सितिमिति तनावलेढल्दिन म
किनकि सामान्य मान्छे हु म ।

जति दुख दिए पनि हुन्छ
शिसाले बनेको मुटुमा,
पगाल्न सक्ने क्षमता छ
सानोतिनो दुखले गल्दिन म
किनकि कठोर मान्छे हु म।
जति यातना दिए पनि हुन्छ
हावाले बनेको फोक्सोमा,
मन्द यातनाले मर्दिन म
किनकि निर्मोही मान्छे हु म।
जति पीडा दिए पनि हुन्छ
चट्टानले बनेको आत्मामा,
सूक्ष्म पीडाले तड्पिन्न म
किनकी पीडित मान्छे हु म।
जति चडकन लाए पनि हुन्छ
ढुङ्गाले बनेको संबेदनामा,
अलिअलि घ्रिनाले थाक्दिन म
किनकि अपहेलित मान्छे हु म।
२०७४/०९/१२/४ शुभम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *