बिकास संवृध्दि र पहिचान
सकारात्मक परिवर्तन नै बिकास हो नराम्रोबाट राम्रो तर्फ अघि बढ्नु बिकास हो।बिकासले उज्यालो पक्षको प्रतिनिधित्व गरेको हुन्छ।बिकास हरेक क्षे त्रमा समान ढंगले हुनु पर्दछ।बिकासले सबैको मन छुन सक्नु पर्दछ।बिकासमा असमान व्यवहार भएमा बिद्रोह हुन्छ। बिद्रोहले बिनास ल्याउछ, बिनासले नकारात्मक परिणाम ल्याउछ।बिकास एकतर्फी होइन समानरुपले चोैतर्फी हुनुपर्दछ।आर्थिक, सामाजिक ,शैक्षिक, नैतिक ,भोैतिक, राजनीतिक,मानसिक ,न्यायिक र मानबीय चरित्रको समान रुपले सर्बस्वीकार्य सकारात्मक परिवर्तन हुन अत्यन्त आवश्यक छ।
सम्पन्न समुन्नत उन्नति प्रगति बढिबढाउ हुनु भनेको संवृध्दि हो।बिकास नभइ संवृध्दिको परिकल्पना प्राय असम्भव नै हुन्छ। कुनैपनि बस्तुको नाम चिनारी परिचय चिनजान हुनु र अस्तित्वमा रहनु भनेको पहिचान हो।बिकास र संवृध्दिलाइ सन्तुलित पार्ने तत्व भनेको पहिचान नै हो।विना पहिचान बिकास र संवृध्दि कोरा कल्पनामात्रै हुन्छ।जबसम्म मानव जीवनमा आफ्नोपनको महसुस हुदैन तबसम्म मानिस सकारात्मक हुदैन।सकारात्मक नभएमा मानिसमा उर्जा र होैसला पैदा हुदैन। निरास मनमस्तिष्कले परिणाममूखि बिचार पैदा गर्दैन।शून्य बिचारले विभिन्न खाले मान्छेलाइ एकताको सूत्रमा बाध्न सकदैन।बिभाजित शक्तिले देसमा बिकास सम्वृध्दि ल्याउन सक्दैन।देसको बिकास सम्वृध्दिको लागि सबै खाले जनताको मन छुनुपर्दछ।अधिकांस जनताको चाहनालाइ नेतृत्व दिन सक्ने बिचार हुनु पर्दछ।
नेपालमा नेपाली जनताले धेरै प्रकारको शासन सत्ताको अनुभव बटुल्दै आएका छन्।तर पनि नेपाली जनताको आवश्यकता र चाहनालाइ पूरा गर्ने शासन पध्दतिको उपभोग गर्न भने पाएका छैनन्। राणाशासन ,पंचायती शासन हुदै संघीय गणतन्त्र समम आइपुग्दा नेपाली जनताले दुख बाहेक अरू केही पाएनन।१०४ बर्षे राणा शासन ३० बर्षे पंचायती शासन जसलाइ २४० बर्षसम्म नोकरशाही सामन्तबादले अनबरत रुपले नेतृत्व गरिरहेको थियो।जुनबेलानेपालका बहुसंख्यक गरीबिका रेखामुनि परेका जनता आदिबासी जनजाति, मुसलिम ,मधेसी ,पिछडा बर्ग, महिला ,दलित, सिमान्तकृत ,अशक्त र अपाङ्गहरुको आवाजलाइ दबाइएको थियो।सबैखाले अधिकारबाट बंचित गरिएका थिए।तानाशाही नोकरशाही सामन्तबादको पञ्जाबाट उम्किन नेपाली जनताले धेरैोटक विभिन्न चरणको आन्दोलन गरे। फलस्वरूप ०३५/३६, ०४५/४६, र ६२/६३ को आन्दोलनले केही परिवर्तन नल्याएको होइन तर जनताले चाहे बमोजिमको गुणात्मक परिवर्वतनको आभास नेपाली जनतामा भएको पाइएन।
नेपालमा अधिकांस गरीबिको रेखामुनि परेका, सबैखाले बिभेदको सिकार भएका, सामाजिक ,आर्थिक, राजनैतिक र न्यायिक रुपले पिछडिएका जनताहरु माआेवादीहरुको १० बर्षे जनयुध्दले आकर्षित गरेको थियो। माअोवादी आन्दोलनले नेपाली जनतामा राजनैतिक चेतनाको बिकास ग- यो।जसको कारणले ९६२/०६३ को आनदोलनको जनउभार ल्यायो र त्यहि उभारले २४० बर्षसम्म जकडिएर बसेको शाही शासनको अन्त्य भइ गणतन्त्र स्थापना भयो।नेपाली जनताले समतामुलक, समाबेसी समाज, बिभेदरहीत शासन प्रणाली, भ्रष्टचारमुक्त प्रशासनिक संयन्त्र ,समानु पातिक शासन प्रणालीका साथै
पहिचानसहितको संघीयता र संघियतासहितको नया सम्बिधान चाहेका थिए तर त्यसो हुनुको सट्टा उल्टो परिणाम निस्कियो।
पटकपटक स्वार्थ लिप्त बिचारले नियन्त्रित सरकार फेर बदल भइ देसमा अस्थिरता ,भ्रष्टचार, अमानबीय व्यवहार शोषण दमन विभेद र अस्तब्यस्तताको वातावरण सृजना भयो।विभिन्न राजनैतिक दलहरु सत्ता स्वार्थ ,सम्पत्ति ,सुखसुबिधा मोजमस्ती र राजनैतिक भागबण्डा र कार्यकर्ता भर्तिकेन्द्रका रुपमा मात्र केन्द्रित हुन थाले र बिकास कार्य ठप्प भयो।प्रसब बेदनाको बीचबाट बल्ल बल्ल संविधान बनेतापनि अझसम्म कार्यन्वयन हुन नसकिरहेको स्थिति छ।संक्रमणकालमा कार्यन्वयन हुन कठीनै हुन्छ भन्ने कुरा नेपाली जनताले बुझेरै चूप लागेर बसे को स्थिति छ। निर्बाचन र यसको परिणामबाट हुने क्रियाकलाप नीति निर्माण र सरकार र योजना नै संसारको सर्बोर्त्कृिष्ट प्रजातान्त्रिक अभ्यास हो भन्ने कुरा पनि राम्ररी थाह छ। स्थानीय प्रदेस र केन्द्र तीन तहकै निर्बाचन सम्पन्न भइ दुई तिहाइ भन्दा बढी बहुमतको सरकार गठन भइसकेको अवस्थामा पनि आशालाग्दो काम कारबाही
नहुनु नेपाली जनता माथि धोका नभएर के हुन सक्छ। हनिमुन पिरियडमा केही हुन नसक्नु भनेको अब आशा गर्ने ठाउँ कमै छ भनेर किन नबुझ्ने?
नेपालका अधिकांस जनताहरू गरिब र दुखी भएको कारणले बामपन्थी वा कम्युनिष्टहरुको नाराले छिट्टै आकर्षित हुन्छन।यसको ज्वलन्त उदाहरण हो प्रदेस र प्रतिनिधि शभाको निर्बाचनमा बामगठबन्धनको पक्षमा उर्लदो लहर चलेको थियो।बामगठबन्धनमाथि नेपाली जनताको ठूलो आस भरोसा र बिश्वास थियो।देसमा बिकास र संवृध्दि आउँछ। हरेक तह र तप्काका समुदायहरुको पहिचान स्थापित हुन्छ तर बामगठबन्धन त बाहुन गठबन्धनमा परिणत भएको महसुस नेपाली जनताहरुले गर्दैछन्। पार्टी प्रशासन देस सेना पुलिस मन्त्रालय न्यायलय सबै एकल जाति खस आर्य ब्राहमणहरुले कबजा गर्न पुगे निर्बाचनमै पनि समाबेसी उमेदवार हुन सकेन । भइहालेको ठाउमा पनि केबल आैपचारिकता पूरा गर्नलाइ मात्र गरियो जिताउने गरि उमेदवार बनाइएन।हिजो पहिचानको कुरा गरेर स्थापित भएको माअोबादी पार्टी पहिचानको प पनि सुन्न नचाहने आदिबासी जनजाति बिरोधी पार्टीसंग बिलय भइसकेपछि किरात नेवा तामसालिङ लिम्बुवान मगरात तमुवान थरुहटका लागि आहुति दिने वीर शहिदहरु जिल्ल परेका छन् ।पहिचानको कुरा गर्दा जातिबादी भन्नेहरु नै अति जातिबादी भइ खस आर्य ब्राहमणबादी नश्लबादीहरू अरुको अस्तित्व नस्वीकार्ने र सबैखाले अधिकारबाट बन्चित गरि केवल खस आर्य ब्राहमणहरुको भलाइको ला गि मात्र केन्द्रित भएको पाइन्छ। यो चिन्तनले अवश्य पनि अर्को जनबादी क्रान्तिको आह्वान गर्नेछ र त्यो क्रान्ति अत्यन्तै महंगो पर्नेछ।
हालसालै संबिधानले दिएको अधिकार प्रदेसको नाम र राजधानी तोक्ने काम आपसी समझदारीमा गर्न पाइने प्राधान बमोजिम एक नं प्रदेसलाइ किरात प्रदेस नामांकरण गर्नका लागि किरात राई यायोख्खा र किरात जन्य संघ संस्था बुध्दिजीबि नागरिक समाजहरु हस्ताक्षर संकलन अभियान कार्यमा जुटिरहेको सन्धर्भमा जसले किराँती भएर पनि नेतृत्वदायी भूमिका निभाउनु पर्नेमा ननिभाइ दोहोरो चरित्र देखाइरहेका छन्।उनीहरुको हिसाबकिताब अवश्य किराँती जनताहरु ले गर्ने नै छन। किरात कुनै जाति मात्र नभएर देस भूमि शभ्यता संस्कृति र आस्था हो।नेपाल संघीय लोकता्त्रिक गणतान्त्रिक मुलुक भइसकेको अवस्थामा पहिचान र स्वायत्तता सहितको संघीयता नभइन्जेल सम्म मुलुकमा रहेका सबै समुदायको पहिचानको स्थापना सम्मान प्रतिष्ठा सामाजिक राजनैतिक आर्थिक शैक्षिक धार्मिक न्यायिक समानता नभइन्जेलसम्म बगैँचा रुपी नेपालमा सबै जातजातिहरु सुबासिला फूल भइ फूल्न सक्दैन र सद्भाव पनि कायम हुदैन।पुरानो ग्रन्थ ऋग्बेद, अथर्बबेद, बेद ,उपनिषद, महाभारत, रामायण र पुराण आदिमा किरातको बारेमा र नेपालको प्राचीन नाम किरात देस भएको उल्लेख गरिएको थुप्रै प्रमाणहरु पाइन्छन।नेपालमा यलम्बरहाङदेखि जितेदस्तीसम्म ३२ पुस्ताले करिब १६०० बर्षसम्म किरात राजाहरुले शासन गरेका थिए भन्ने एेतिहासिक पृष्ठभूमि नेपालकै ईतिहास साक्षी छ।
गोरखा राज्य बिस्तारको समयसम्म पनि पूर्बी नेपालमा किरातीहरुले शासकीय हैसियत कायम गरेकै थिए। बनेपा धुलिखेल चोैकोटमा महेन्द्रसिंह राई, हरिहर गढीमा बिखाचन्द्र राई, रावागढी खोटाङमा चतिम राई, हतुवागढी भोजपुरमा सोनाहाङ राई, चोैदण्डीगढी उदयपुरमा अगमसिंह राई, चैनडागढी संखुवासभामा काङसो राई,बिजयपुरगढी मोरङ हाल सुनसरीमा बुध्दिकर्ण राइले शासन गरेका थिए।ती क्षत्रहरुमा किरात पहिचान बिरोधी र तिनका भरोैटे झोले पहरे र चम्चेहरुले किरात राजाका प्राचीन दरबार र सांस्कृतिक र पुरातात्विक महत्वका भग्नाबेषहरू संरक्षण र सम्बर्धन गर्नुको सट्टा ध्वस्त पार्न र मास्न लागेको उदाहरण त भरखरै बिजयपुरमा धरानबासीलाइ पानी खुवाउने नाममा डोजर लगाएर किराँती एेतिहासिक धरोहरलाइ भत्काउन खोजेको कुरा नै काफी छ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरि एक सूत्रमा बाधी एकीकरण गरेका होइननकी गोरखा राज्य बिस्तार र आफ्नो स्वार्थ पूरा गर्न अनेकोै जालझेल र षड्यन्त्र गरि अपमान जनक ढंगले सोझा तामाङ मगर गुरुङ थकाली राई लिम्बू नेवार सेनहरुको राज्य हडपेर गोरखा राज्य बिस्तार गरेका हुन। जानकारहरुका अनुसार तिमालका तामाङ राजालाइ मीत लाउने बहानामा बिना हतियार सु नकोसी बगरमा बोलाइ लुकाइराखेको हयियार प्रयोग गरि षड्यन्त्रपूर्बक हत्या गरि तामाङ राज्य हड्पेको, जात्रामा ब्यस्त रहे कोबेला कायरतापुर्बक आक्रमण गरि कान्तिपुर हडपेको, किर्तिपुरका नेवारहरुको नाक कान काटी १६ धार्नी जोखेको,राई लिम्बू याख्खा सुनुवार किरातहरुलाइ षड्यन्त्र गरि निर्ममतापूर्बक हत्या गरि बोरामा हाली अरुण नदीमा बगाइदिएका र किराँती महिलाहरुको योनीमा खुर्सानी हाली दिई यातना दिई हत्या गरि षड्यन्त्र गरेर अमानबीय ढंगले गोरखा राज्यको बिस्तार भएको थियो।नेपाल पहिले नै संघीय र सम्पन्न राज्य थियो। एेतिहासिक जगमा टेकेर आज विभिन्न पहिचानको माग राख्नु अस्वभाबिक होइन। केवल पहिचानको माग गर्दैमा जातिबादी बिखण्डनकारी हो भनेर दबाउन खोज्नु उचित हुदैन। यो त जातीय दंगा निम्ताउने नियोजित ष्ड्न्त्र मात्र हो।सबैको अस्तित्व स्वीकार्ने गरि प्रदेसको नामांकरण गर्दैमा के हानी हुन्छ।एकल नश्लबादि खसआर्य पहिचानबिरिधीहरुले षड्यन्त्रमूलक ढंगले विभिन्न खाले विभेद गर्दै आफ्नो जातिलाइ मात्र माथि उठाउने उदेश्यले विभिन्न हाउगुजी फैलाइएको छ। नामांकरण मै समस्या हो भने कतिपय ठाउँ सडक शहर गाउँ संघसंस्था आदिका नाम ब्यक्ति, जाति बिशेषको नाममा राखिएको छ र तिनीहरुको नाम हटाउनु प- यो नत्र अब अरू नाम स्थापित हुनु पर्छ।जस्तै:- नेपालथोक, खरेलथोक, महेन्द्र राजमार्ग, विपि राजमार्ग,पृथ्बीराजमार्ग, मनमोहन अस्पताल, गणेशमान प्रतिस्थान, मदनमेमोरियल प्रतिष्ठान, त्रिभुवान विश्व बिद्यालय, र यस्तै थुप्रै नामहरु छन्।
संबैधानिक प्राबधान अनुसार सात प्रदेसको नाम र राजधानी तय गर्ने जिम्मा प्रदेस सरकारले नै पाएको सन्धर्भमा एक नं प्रदेसलाइ किरात प्रदेस नामांकरणको लागि किरात समुदायका विभिन्न संघसंस्थाहरुबाट पहल भइरहदा किरात प्रदेस नाम राख्नु सान्धर्भिक र शम्भब छ किनकि एक नं प्रदेसको मुख्यमन्त्री शेरधन राई किराँती समुदायकै हुन र प्रतिनिधि सभा र प्रदेस शभाका बहुसंख्यक जनप्रतिनिधिहरु पनि किरात प्रदेसका पक्षधरहरु नै हुनुहुन्छ। पूर्बी नेपालको सुनकोसीदेखि लिखुसम्म वल्लो किरात जहाँ सुनुवार किरातहरुको बाहुल्यता छ, लिखुदेखि अरुण नदीसम्म माझ किरात जहाँ राई खम्बु किरातहरुको बाहुल्यता र अरुण नदीदेखि मेचि नदीसम्म पल्लो किरात जहाँ लिम्बुहरुको बाहुल्यता भएको एेतिहासिक आधारले पनि एक नं प्रदेसलाइ किरात प्रदेस नामांकरण गर्न सकिने आधारहरह छन र किरात प्रदेस नामांकरण भएमा किरात समुदायलाइ सम्मान गरिएको मानिने छ र त्यस प्रदेसको बिकास र संबृध्दि हुनेछ।
राई लिम्बू सुनुवार र याख्खाले आफ्नो सामाजिक संस्थाको नाम अगाडि किरात उल्लेख गरेकाले पनि सिङ्गो एक नं प्रदेसलाइ किरात प्रदेस र त्यसभित्र रहेका अन्य समुदायहरुको बाहुल्यताको आधारमा विशेष अधिकार सहित संरक्षित स्वायत्त प्रदेसको पनि ब्यबस्था गर्नु पर्छ। सबै समुदायलाइ अपनत्वको महसुस गराउन सक्नु नै सफल संघीयता प्रणाली हो। किरातेश्वर महादेव र पार्वति किरातीहरुको आदि पुर्खा हुन जसलाइ किरातीहरुले पारुहाङ सुम्निमा भन्दछन्।किरात, बोैध्द र हिन्दूहरुका लागि किरात साझा आस्था, भावना र पहिचान हो।
मुलुक संघीय शासन ब्यबस्थामा अगाडि बढिसकेको अवस्थामा ” पहिचान सहितको संघीयता र संघीयतासहितको संबिधान” भन्ने नारा दिएर ने पाली जनता बिशेष गरी आदिबासी जनजाति, पिछडा बर्ग, महिला ,दलित ,सिमान्तकृत, सुकुमबासी गरीब निम्न बर्गका मानिसहरुको भावना उथलपुथल गराउन सफल पार्टी नेकपा माआेवादी ( केन्द्र) पहिचान र संघीयताको नाम सुन्नै नचाहने पार्टीसंग बिलय हुने लगभग निश्चित भइसकेको अस्थामा एक नं प्रदेसलाइ किरात प्रदेस नामांकरण हुने कुरामा शंकै छ।किनकि एकल जाति ब्राहमण नश्लबादी खसआर्यहरुको नेतृत्व गर्नेहरुको झोला बोक्ने ढोके हुक्के र भान्सेहरु जो किरात समुदायकै भएतापनि आफ्नो मालिकको आदेस शिरोपर गरि किरात पहिचानको लागि अबरोध गरिरहेका छन् । यसले के देखाउछ भने संघीयता गणतन्त्र धर्म निरपेक्ष समानुपातिक र समाबेसी प्रणाली र पहिचानलाइ स्थापित हुन नदिने राष्ट्रिय अन्तराड्ट्रिय चलखेल र ष्ड्यन्त्र भइरहेको छ।
राष्ट्रको आन्तरिक बिषयमा सबै खाले बाह्य हस्तक्षेपको बिरुध्दमा हामी सबै लाग्नु पर्छ। आफूलाइ बेवास्ता गर्दा कति पीडा हुन्छ भन्ने कुरा त भर्खरै इ युको प्रतिबेदन प्रति आएको कुराले प्ष्टाउन सक्छ।इयुले खसआर्य सम्बन्धी दिएको प्रतिबेदनले खसआर्यहरु हेपियका ठानिन्नछ भने नेपालभित्रै रहेका आदिबासी जनजाति, दलित महिला मदेसी मुस्लिम सिमान्तकृत, पिछडा बर्गहरुलाइ सदियोैदेखि आफ्नेेद्वारा दबाइएकोहरुलाइ न्याय गर्नुपर्दैन? जबसम्ममुलुक भित्रका सबै जातजाति बर्ग क्षेत्र समुदाय धर्मावलम्बीहरुलाइ मान सम्मान र समान व्यवहार नगरेसम्म मुलुकको चोैतर्फी बिकास र संबृध्दि सम्भव हुदैन।भाषनमा मात्रै बिकास र संबृध्दि हुदैन। जबसम्म सैध्दान्तिक कुरालाइ ब्यबहारमा उतार्न सकिँदैन तबसम्म बिश्वास गर्ने आधार हुदैन।खसआर्य बाहुन गठबन्धनले मुलुकलाइ साच्चै बिकसित र संवृ ध्दशाली बनाउने हो भने कम्युनिष्टहरुले जस्तै भाषन मात्र नगरी आदिबासी जनजाति महिला दलित मदेसी मुस्लिम पिछडाबर्ग निम्नबर्ग सिमान्तकृत धर्मावलम्बीहरुको मा न सम्मान प्रतिष्ठा समानता असल व्यवहार र पहिचानको कुरामा गम्भीर रूपले समस्या समाधान गर्नुपर्ने देखिन्छ।
देसी बिदेसीहरूले नेपाली नेपाली र विभिन्न भाषाभाषी र धर्मावलम्बीहरु बीच फुटाउ र शासन गर भन्ने नीतिलाइ अबलम्बन गरि नेपाललाइ बर्बाद गर्न खोजिरहेकाे अवस्थामा सबै राजनीतिक पार्टीका नेतृत्व नेता कार्कर्ता नागरिक समाजका अगुवाहरू धर्मगुरुहरु एकजुट भइ बिद्वेस र द्वन्द हैन समझदारीपुर्बक सम्मान र आदरभाव जगाइ समन्वयकारी भूमिका निभाइ विभेद रहित र शोषणरहित समाज र समानताको लागि पहल गरि समुन्नत बिकसित र संवृध्द राष्ट्र बनाउन एकताबध्द हुनु पर्ने आवश्यकता छ।
२०७४/१२/१३ गते बुधबार
चागुनारायण -२ झोैखेल, भक्तपुर।