बिर्ख बहादुर

बिर्ख बहादुर

सायद बिर्ख बहादुर उमेरले ५५ कटेका हुन्।विभिन्न रोगले गर्दा होला ८० बर्ष कटेका उनका बुबा भन्दा बूढो देखिन्छन् । हुन सक्छ मानसिक तनाब र तनाबबाट सिर्जित बिबिन्न रोगका कारण कम उमेरमै बुढ्योैली देखिएका। आफ्नो परिवार र पेशाप्रति उतिकै चिन्तित र समझदार छन् उनी।सानो परिवार भए पनि आयस्रोत कम भएकाले आफ्नी स्रीमतिको सानो पसलको भरमा गुजारा चलाइरहेका अवस्थबाट कहिलेकाही बिरक्तमा हुन्छन बिर्ख बहादुर।जेनतेन दु:ख जेलो गरेर आफ्नो एक्लो छोरालाइ इन्जिनियर बनाएकाप्रति अति प्रेम स्नेह र गर्व गर्दछन् उनी।छोराको हर सकारात्मक इच्छा पूरा गरिदिनु नै परम कर्तब्य ठान्दछ बिर्ख बहादुर।
कहिलेकाही आफ्नो बाल्यकाल,युवा अवस्था,गाउघर,बनजंगल,पाखापखेरा,हाटबजार, मेलापात गर्दा बिताएका क्षणहरू कल्पेर खुसी हुन्छन बिर्खबहादुर। साथीभाइ ठिेटाठिटिहरुसंग बनपात जादा ठाडो स्थानीय प्रचलनको गीत( ए लैलै आलु दमचना, हासखेलै गरेको रहोस सम्झना।ए लै लै पानी पान्धारे ,भेटिदो होला जीवन नमरे। है है) गाएको,खोलाखालीमा पाहा खोजेको, नदी किनारमा दुवाली फर्काइ माछा मारेको, हाटबजारमा मस्त तरुनीहरुसित जिस्कएको, मेलापातमा ठिटिहरुको मन्त्रमुग्ध गफले भुलाएको,मंसिरे पूर्णे,बैशाखे पूर्णे उधोैली र उभोैली पर्बमा एक अर्कासंग सुटुक्कै मन साटेको कुराले झस्काइदिन्छ बिर्खबहादुरलाइ। त्योबेलाको कुरा सम्झेर अझै जवान भएको कल्पना गर्दै रोमान्चित हुन्छन बिर्खबहादुर।
नूनतेल बोक्न जादा आउदा पर्ने पिप्चाइ र भालुबासको उकालो आेरालोमा तिर्खाले प्याकप्याक परेको कुरा सम्झदा अझै बिर्खबहादुर गलेर थचक्क बस्न पुग्दछन्। ए लै लै मसला मेथी, अठतीस सालको सम्झना यति है है भन्ने गीत गाउदै सात गाउँ नै थर्काएर पालैपालो पर्म जाने परम्परा अनुसार आफ्नो पालो आइपुग्दा संसारै जीते जतिकै खुसी लागेको कुरा शब्दमा ब्यक्त गर्न सक्दैनन् उनी। बैशाख जेठदेखि पर्म खेल्दै असार साउनसम्म आइपुग्दा साउने संक्रान्ति साच्चिकै पर्खनलायलकको ठानदछन बिर्खबहादुर।उक्त समयलाइ बर्खाभरि काम गरि हिलो पखाल्ने चाडको रुपमा मनाइन्छ मध्य पहाडी इलाकातिर।नया लुगा लगाउन र मीठो जाउली र मासु खान पाइने आशामा दशै तिहार आउने दिनलाइ आैलामा गन्दै पर्खेको क्षणलाइ सम्झदा अझै पनि बिर्ख बहादुर प्रफुल्लित हुन्छन्।
जाली रूमालमा पोको पारेर मिठाई चकलेट ल्वाङ्ग सुकुमेल र नरिवल छोहोरा मन पर्ने मयालुहरुले दिएको कुराले अझै सोह्र बर्षे उमेरको स्मरण गराइदिन्छ बिर्खबहादुरलाइ। जिध्दि हक्की र हरेक कुरामा जित्नै पर्ने स्वभाबका बिर्खबहादुरले स्कुले जीवनमा साथीहरुसित ठट्टैठट्टामा एक बिसोैली सुगुरको मासपर्नेदुई माना चामलको भात खाइ पचाउनु पर्ने बाजि साथीहरुले बिहान बेलुकी चर्पीमा ड्यूटी बसेको बेलामा उनको जित हुदा संसार जितेको महसुस गर्छन उनी। बासुरी बजाउन मादलको तालमा लैबरी भाकामा नाच्न र बासको चोयाबाट बनाउन मिल्ने डोको नाम्लो थुन्चे डालो नाङ्गलो डाली भुन्ने काठको हलो जुवा बनाउन जान्ने बिर्ख बहादुरलाई गाउले ठिटिहरुले उ जस्तो लोग्ने वा ज्वाइँ पाएमा कति भाह्यमानी हुने भन्दै जिस्काएको सम्झिदा बिर्ख बहादुर लाजले भुतुक्क हुँदै मनमनै खुसी हुनुका साथै मख्ख पनि पर्दछन्।
कक्षा सातमा पढ्दाको बखतदेखि नै बिर्ख बहादुर छिल्लिएका तरूनीहरुको नजरमा केन्द्रबिन्दु बनिसकेका युवालाइ उनलाइ पढाउने गुरुहरुले पढाइ बाहेक त्यसरी छिल्लएर तरुनीहरुसित नहिड्न सल्लाह दिदा उनी भित्रभित्रै मुरमुरिन्थे। एकादसी मेला माघे संक्रान्ति मेलामा राति ठिटिहरुसंग दोहोरी गाउदै नाचेको हासेको खेलेको पानी छ्यापाछ्याप गरेको कुराले उनको मस्तिष्कको सूक्ष्म नसाहरू अझै सक्रिय बनाइदिन्छ।
केटाकेटीमा धूलोमाटोमा बिहे गरि बेहुला बेहुलीको अभिनय गरेको घरजम गरि बाउआमाले गरेका कुराको नकल गर्दै हिलो माटोको खाना पकाइ भोज खाएको अभिनय सम्झदा अझै राेमान्चित हुन्छ बिर्खबहादुर। एक पटक उनको गाउँ हुँदै सेता छाला भएका मानिसहरू आउदा गाउले मध्यका एक बुज्रु कले यी अलक्षिणा सैतानहनहरुलाइ कण्डो देखाइदेउभने पश्चात् सबेेैले ढाड फर्काइदिदा बिदेसी पर्यटकहरुले अपमानित भएको महसूस गरेको कुरा सम्झदा बिर्खबहादुर पर्यटकहरुप्रतिको दुर्ब्यबहारले लज्जाबोध गर्दछ।
कैयन हरियाली जीवन हुदाहुदै जीवनको उतरार्धमा खेप्नुपरेको अनुपात्पादक संघर्ष प्रति गम्भीर र असन्तुष्ट देखिन्छन्।

२०७५/०४/२७ आइतबार

जनी राइ.कम

सम्पर्क

जनी राइ
सोलुखुम्बू थुलुङ दूधकोसी गा. पा.-४
हाल झाैखेल चा. न. पा.- २ भक्तपुर
janikumarrai@gmail.com
www.jani.com.np

© All Right Reserved | Powered by : Kangaroo Incorporation

Leave a Reply

Your email address will not be published. Required fields are marked *