यात्रु

रचनाकाल:- २०५०/१२/१८

यात्रु
उच्च शिखरमा चढ्न तम्सेको पद यात्री,
खुट्टा गलक्कै गलेनि चढ्न कहिल्यै नछाड।
तिम्रा बाटोमा काडाहरु बिछ्याइएतापनि,
पाइलाहरु अगाडि बढाउन कहिल्यै नछाड।

  1. तिम्रोयात्रा लामो पट्यार लाग्दो हुन सक्ला,
    पाइलाहरु ढुङ्गाले छियाछिया पार्न सक्ला,
    थाप्ला टन्टलापुर घामले भतभतपोल्न तसक्ला
    घाँटी पानी प्यासले ख्याप ख्याप सुक्न सक्ला

आफ्नो साचिएको सपना सम्झी अघि बढ,
बाधा अडचन एकातिर पन्छाउदै अघि बढ।
जीबनको गोरेटो निर्माण गर्न सधै अघि बढ,
सत्यलाइ बचाउदै काखी च्याप्दै अघि बढ।

बादर लड्ने भिरपखेरामा चिप्लेटी खेल्दै
नागबेली नदीनालाहरुमा पोैडी खेल्दै
हरियाली घना जङ्गलमा लुकामारी खेल्दै
बढ्दै जाउ अघि सधै आफूलाइ सम्हाल्दै।

तिम्रो बाटोमा तिखा काडा तेर्सिनेछन
हिंस्रक बाघ भालुले बाटो छेक्नेछन
सर्प बिच्छि अरिङ्गा लहरु टोक्न आउनेछन
ब्वासाहरू रयाल चुहाउदै तिमिलाइ ढु क्नेछन

सारा अडचनहरूलाइ कुचोले बढारीदेउ,
आफ्नो बाटो हेर्दै खोज्दै र रोज्दै जाउ
धैर्य र परिश्रमलाई तिमिले साथमै लैजाउ
लामो यात्रा शिखर पुग्ने यात्रा पार गर्दै जाउ।

जनीकुमार थुलुङ राई
थुलङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर
मिति:- २०७५/०७/१९ गते सोमबार बेलुकी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *