रचनाकाल:-२०५०/०८/११
बाध्यता
चाहे त्यो मधुर वचन सत्यको,
प्रतीकनै किन नहोस
बाध्यताको ज्वालामा परेपछि,
खरानी बन्ने छ।
चाहे त्यो दृष्टि बास्तबिकता को,
प्रकासनै किन नहोस
बाध्यताको अोैसिको रातमा परेपछि,
बिलाइ हराइजानेछ।
चाहे त्यो मुस्कान अनजान,
मुस्कान नै किन नहोस
बाध्यताको हुरी बतासमा फसेपछि,
खतरनाक हासो हुनेछ।
चाहे त्यो मानव देवताको,
अवतारनै किन नहो स
बाध्यताको भुमरीमा फसेपछि,
क्रुर राक्षसी रुप लिनेछ।
चाहे त्यो कर्तब्य आस्थाको,
खम्बा नै किन नहोस
बाध्यताको जालमा फसेपछि,
बिश्वासको पुल पनि भत्किनेछ।
चाहे त्यो सिध्दान्त मुक्तिको,
मार्ग नै किन नहोस
बाध्यताको सिक्रिमा बाधिएपछि,
भताभुङ्ग नै हुनेछ।
चाहे त्यो अधिकार नैसर्गिक,
अधिकार नै किन नहोस
बाध्यताको मुखमा परेपछि,
नफर्किने गरि खोसिनेछ।
चाहे त्यो मित्रता अतुलनीय,
मित्रता नै किन नहोस
बाध्यताको बादल लागेपछि,
फाटिएर चट्याङ बन्नेछ।
चाहे त्यो प्रेम लैला मजुनाको,
प्रेम जस्तै किन नहोस
बाध्यताको बाणले रोपेपछि,
घायल भइ बिछोडिनेछ।
चाहे त्यो ज्ञान बिश्वकोअनमोल ,
सम्पत्ति नै किन नहोस
बाध्यताको पोखरीमा डुबेपछि,
बिबेकको ढोका पनि थुनिनेछ।
जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४, जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपर।
मिति :-२०७५/०७/१८ गते आइतबार बेलुकी