रचनाकाल:- २०५०/०४/१२
ए मान्छे!
ए मान्छे!
तं बाचेको कुनै अोैचित्य छैन
यदी तेरो मुखमा ताल्चा लाग्छ भने
यश धर्तिमा बाच्नु पनि अधिकार छैन
तेरो सासको गति रोक्न खोजिन्छ भने
ए मूर्ख!
तेरो आँखा टालेर बाहिर हेर त
तलाइ कसले बिकास भएको छैन भन्छ
सत्यको किताब छोपेर नढाटी सोधत
तलाइ कसले सत्य छदै छैन भन्छ
ए लठ्ठक!
तलाइ चिप्ले किराले खाइसक्यो
भालुले तेरो मुटु चिथोरी सक्यो
छट्टु स्यालले बल्ड्याङ खुवाइसक्यो
घमण्डी भ्यागुताले लात हानीसक्यो
ए स्वाठ!
त किन बुध्द बन्न खोज्दैछस
आधुनिक युगमा पंग्सको पछि लाग
ब्यर्थै किन युधिष्ठिर बन्न खोज्दैछस
पप र डिस्को नाचको पछि पछि लाग
ए बिबेकहीन!
आदर्शलाइ टुकुचामा फालिदे
आत्मदर्शन हनुन्तेमा सेलाइदे
दिब्यचक्षु बागमतिमा बगाइदे
सिध्दान्तलाइ धोबिखोलामा जलाइदे
यदि सक्दैनस भने!
अँध्यारो कुनामा लुकेर बस
भाग टाढा टाढा छिटो भाग
अनि पो पाउदैनस अपजस
तर फर्किनेतिर कहिल्यै नलाग
अनि अनि
तेरो चर्चा कहिल्यै हुने छैन
पसीनाको मोलतोल पनि हुनेछैन
आदर्शलाइ बचाउनु पनि पर्नेछैन
सिध्दान्तलाइ घोक्न पनि पर्ने छैन।
जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा . पा.-४, जुबू सोलुखूम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर।
मिति २०७५/०७/१७ गते शनिबार बेेेलुकि