रचनाकाल:-२०४९/०१/५
छोरीको बिलोैना
ढोग छ आमालाइ, नमस्कार बाबालाइ
भन्छु दुबैलाइ, यो मनको कुरालाइ
सुन्नुहोस बसेर, बाबा बुझ्नोस सुनेर
छोरी भएर, बस्दैछु रोएर
पढ्न लेख्नलाइ, के बाधा छ मलाइ
मीठोबोलेर, भन्नुहोस दिलै खोलेर
मनको तिर्सना , सकिन बिर्सन
दा जुभाइलाइ, स्कुलमा दुबैलाइ
बोल्नुहोस सुस्तरी, आमा भन्नुस राम्ररी
छोराछोरीमा, के फरक दुबैमा
एउटै रगतको, नाता छ दुबैको
फरक नपारी, बाबा भन्नुहोस बिचारि
पढ्छु म पनि, देखाउछु म अनि
छोरा जस्तै, गर्छु काम म उस्तै
एउटै सम्झेर, आमा भन्नुहोस सोचेर
जनी कुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू ,सोलुखुम्बु
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर
मिति:-२०७५/०७/१६ गते शुक्रबार बेलुकी।