उ फर्केर आउदै छरे

रचनाकाल:२०५०/०१/१९

उ फर्केर आउदै छरे

उसलाइ भनिदिनु उ फर्केर आउदैछरे,
लामो यात्रा सकेर यतैतिर आउदैछरे।
धेरै धेरै अनुभव बटुलेर आउदैछरे,
चेतनाको लहर बोकेर आउदै छरे।

फेरि पनि भनिदिनु उ आउदैछरे,
शोषित पीडितलाइ जगाउन आउदैछरे।
नाङ्गो आङलाइ ढाक्न आउदैछरे,
भोको पेटलाइ शान्त पार्न आउदैछरे।

ठूलो स्वरमा भनिदिनु उ आउदैछरे,
क्रान्तिको बिगुल फुकेर आउदैछरे।
अन्धबिश्वासको जालो च्यात्न आउदैछरे,
सबैलाइ भनिदिनु उ भोलिनै आउदैछरे।

असमानतालाइ हटाउन छिट्टै आउदैछरे,
बलत्कारीलाइ सजाय दिन आउदैछरे।
दुखित नारीको आँसु पुछ्न आउदैछरे,
न्याय र निसाफ लिएर यतै आउदैछरे।

स्वतन्त्रता र समामता लिएर आउदैछरे,
क्रान्तिको लहर लिएर भोलिनै आउदैछरे।
परिवर्तनको हुरी बतास लिएर आउदैछरे,
क्रान्तिको ज्वाला दन्काएर यतैतिर आउदैछरे।

जनी कुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर।
मिति:- २०७५/०७/१४ गते बुधबार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *