रचनाकाल:- २०५०/०८/२०
राष्ट्रलाइ बचाउने सहिद केपायोै तिमिले?
नेपाल र नेपालीको शीर ठाडो पार्न
फिरङ्गीहरुको बारुद र गोलाको बीचमा उभिएर
रगत र पसीना बगायोै, ज्यानको बाजि थाप्योै
नाङ्गो हातले लड्योै स्वदेसी भूमि जोगाउन
बिदेसीहरुको लोभ लालचलाइ लत्याएर
धन्य हो वीर सहिद देसभक्ति सबैमा जगायोै
हुकुमी शसनको कालो बादल हटाउन
अत्यचारी जंगेहरुको निसाना बनेर
हासी हासी फासीमा चड्योै प्राणकोअाहुती दियोै
अन्याय अत्याचारको जालो च्यात्न
ब्वासाहरुको धम्कीलाइ पैतालाले थिचेर
लाखलाख प्रणाम छ वीर सहिद जनतालाइ मुक्त बनायोै
तीस बर्षे पंचायती शासन खत्तम पार्न
पंचेहरुको तातो गोली खुसीसाथ खाएर
आफ्नो प्राण अर्पण गरेउ राष्ट्रलाइ बचायोै
पंचायती गिद्धे आखालाइ फुटाइ मिल्काउन
आफ्नो परिवार र जीवनलाइ त्यागेर
कोटि कोटि श्रध्दा वीर सहिद पंचायती खम्बा ढलायोै
तर मेरो एउटै मात्र प्रश्न छ तिमिलाइ
रगत पसीना बगाएर ज्यान तर्पेर
तिमिले के पायोै सहिद परिवार त्यागेर
राष्ट्र बचायोै जनतालाइ मुक्ति दिलायोै
आफूलाइ बलि चढायोै तर तिमिले के पायोै
केही दिन झिनो सम्मान पायोै तिमिले
तुरुन्तै तिमिलाइ बिर्सिदिए साराले
राष्ट्र बचाउने सहिद के पायोै तिमिले
मिति :- २०७५/०७/१३ गते मंगलबार
जनी कुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल भक्तपुर