“मन”

रचना काल:- २०५१/०४/२४

मन

मनको किल्ला आफ्नो कब्जा गरेपनि
मनको सिमाना बाध्न नसकिदो रहेछ।
मनको भाडो जतिसुकै चिजले भरेपनि
चुहिएको मनको भाडो नटालिदोरहेछ

मनको हागा हतियारले छिमलि दिएपनि
पलाउने हागा बिस्तारै पलाइहाल्दो रहेछ।
मनको हावा भकुण्डोभित्र कोचिदिएपनि
बाहिरै रमाउने हावा फुस्किहाल्दोरहेछ।

मनको प्यास पानीले मेटाइदिएपनि
भावनाको प्यास पानीले नमेटिदोरहेछ।
मनको खुट्टा सिक्रिले बाधिएपनि
मनको गति रोक्न नसकिदोरहेछ।

मनको फूल अोइलाउन खोजेपनि
मनको मुना पलाएर आउदोरहेछ।
मनको आँखा पर्दाले छेकिदिएपनि
मनको दृष्टि छेकेर नछेकिदोरहेछ।

जनीकुमार थुलुङ राई( जोन किरात)
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर।
मिति:- २०७५/०७/२० गते मंहलबार बेेेलुकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *