रचनाकाल:-२०५०/०८/०८
भावना
हजारोै सपनिमा ठूलाठूला महलहरू बन्दछन
तर बिपनिमा हुने गर्छ त्यही झोपडीको बास
लाखोै कल्पनामा लाखोै योजना बन्ने गर्दछन
तर यथार्थको कसीमा भेटिन्छन निरासै निरास।
करोेडोै भावनामा करोडोै नदीका भेल उर्लन्छन
तर जिन्दगीको पानाहरुमा भेटिन्छ प्यासै प्यास
अनमोल रगतको नसानसामा उत्साह दोैडन्छन
तर आत्माको क्षितिजमा देखिन्छ उदासै उदास
मुटुको चालभित्र साहसका गतिहरू धडकन्छन
तर जीवनको बाटोमा उभिदिन्छबिनासै बिनास
हजारोै पाइलाहरू अघि बढ्न तम्सिरहन्छन
तर चारैतिर उभिएकाभयंकर अटहासै अटहास
हजारोै हातहरू काम गर्न सलबलाइरहन्छन
तर हरेक मोडमा भेटिन्छन बदमासै बदमास
अनेकोै सिध्दान्तबर्षे च्याउ झै जन्मिरहन्छन
तर न्वारानसंगै पाइरहेकाछन उपहासै उपहास
हर मस्तिष्कको किताबमा योजनाह कोरिन्छन
तर योजनाभित्र जन्मिदिन्छन पिचासै पिचास
हर आखामा हजारोै बिश्वासहरु घुमिरहन्छन
तर आखालाइ छेकिदिने आइदिन्छ हुरी बतास
जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४ जुबू, सोलुखुम्बू
हाल चा. न. पा.-२ झोैखेल, भक्तपुर।
मिति :- २०७५/०७/२१ गते बुधबार बेलुकी।लक्ष्मी पूजाको दिन।