“झिनो अनुभव”

रचनाकाल:-२०५०/०७/०९

” झिनो अनुभव”

तोते बोलीले आमा भनेर आमालाइ
बोलाएको भर्खरै हो जस्तो लाग्छ
तर समयले पछाडि पारिसकेछ मलाइ

कलिलो हातले खेलोैना ठानेर ढुङ्गालाइ
खेलाउदै हिडेकोआजै हो जस्तो लाग्छ
तर ब्यबहारले उतानो पारीसकेछ मलाइ

अनजान कानले संगीत ठानेर झ्याउकिरीलाइ
खोजिहिडेको हिजो अस्ति नै हो जस्तो लाग्छ
तर समस्याले थचक्क बसाइसकेछ मलाइ

निर्दोष आखाले सत्य ठानेर संसारलाइ
हेरेको केही छिन अघि नै हो जस्तो लाग्छ
तर संसारले भुसुक्कै बिर्सिसकेछ मलाइ

अबोध अोठले मित्र ठानेर मित्रलाइ
मुस्काइदिएको निमिषमै हो जस्तो लाग्छ
तर बिश्वासले खाल्डोमाधकेली सकेछ मलाइ

चकचके खुट्टाले स्वर्ग ठानेर बाटोलाइ
अंगाली हिडेको पोहोर साल जस्तै लाग्छ
तर बाधा अडचनले खियाइसकेछ मलाइ

तुलबुले मनले सर्बस्व ठानेर बिश्वलाइ
नियालेर हेरेको अस्ति भर्खरै जस्तो लाग्छ
तर जुङ्गा दारीले बिदा दिइसकेछ मलाइ

जनीकुमार थुलुङ राई
थुलुङ दूधकोसी गा. पा.-४, जुबू ,सोलुखुम्बू
हाल:- चा. न. पा.-२ झोैखेल, भक्तपुर
मिति २०७५/०७/२२ गते बिहिबार बेलुकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *